भद्रपुर । जिल्ला प्रहरी कार्यलय झापाकाे प्रहरी प्रमुख सम्हाल्न आएका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले मुख्यतया झापामा हुने र घट्ने गरेका तीन वटा कार्यलाई निश्तेज गर्ने बताएका छन् ।
साेमबाार जिल्ला प्रहरी कार्यालय झामामा आयाेजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा एसपी रेग्मीले झापामा मुख्यतया चाेरी/ तस्करी बढ्दाे आत्महत्या र लागुओैषध नियन्त्रणमा केन्द्रित रहेर काम गर्ने बताएका हुन् । उनले भने हाम्राे प्रशासनबाट हुदै गरेका काम कारवाहीलाई अझ थप ससक्त र सृदढिणिकरण गर्दै लगेपनि विशेषत तीन कार्यलाई प्राथमिक्ता दिएर कार्य सम्पादन गर्छु ।

झापामा जम्मा १४४ किलाेमिटर खुल्ला सीमाना भएकाेले सीमामा हुने हत्या हिंसा लागुओैषध ओसार-पसार चाेरी तस्करी लगायतका घटना भइरहेकाेले याे कार्य राेक्नकाे लागि विषेश कदम चाल्ने बताउदै अहिले आएर झापा लागुओैषध ट्रान्जिट प्वाइन्टकाे १ नम्बर भइसकेकाे बताए ।
गत साउन महिनामा बढुवा भएका रेग्मी विगतमा प्रहरी निरीक्षक हुँदा झापाकै गाैरीगञ्जमा कार्य सम्पादन गरेका थिए भने बढुवा भएर प्रहरी नायव उपरीक्षक हुँदा झापाकै काँकडभिट्टामा रहेर इलाका प्रहरी कार्यलयमा कार्य सम्पादन गरेका थिए । अहिले पनि बढुवा भएर पुनः जिल्ला प्रहरी कार्यलय झापाकाे प्रमुख भएर आएका छन् ।




