Logo

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

देश प्रदेश समाचार १६ पुष २०७९, शनिबार ०८:४३ मा प्रकाशित

झापा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ/आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।

भद्रपुर नगरपालिक वडा नं. १० मा रहेकाे विपीचाैकमा याे दिवस मनाउदै छ । नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले याे दिवसकाे सम्वाेधन गर्ने कार्यक्रम रहेकाेछ ।

विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?