Logo

संसद भवनमा सत्ता गठबन्धनको बैठक जारी

देश प्रदेश समाचार ११ पुष २०७९, सोमबार १३:२६ मा प्रकाशित

काठमाडौं सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, राप्रपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव बैठक सुरु भइसकेपछि आएका थिए । बैठकमा नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि भने देखिएका छैनन् ।

सत्ता साझेदार दलहरुको तर्फबाट सरकारमा कोको सहभागी हुने भन्ने विषयमा छलफल भइरहेको स्रोतले बतायो ।

माओवादी अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे शपथ ग्रहण गर्दैछन् । आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने उनको तयारी छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?