भद्रपुर । झापाकाे मेची रंगशालामा लामाे समयपछि हुन लागेकाे ‘ए’ डिभिजन अन्तराष्ट्रियस्तरकाे ‘भद्रपुर झापा गाेल्डकप’ काे तयारी तिव्र रुपमा हुदैछ ।
बिहिबार भद्रपुर ८ मा रहेकाे हाेटल उडल्याण्डमा आयाेजित पत्रकार सम्मेलनमा ‘भद्रपुर झापा गाेल्डकप’ आयाेजक समितिका महासचिव जिवनकुमार श्रेष्ठले ‘भद्रपुर झापा गाेल्डकप’ काे बारेमा जानकारी गराएका थिए । महासचिव श्रेष्ठले प्रेस विज्ञप्ति सुनाउदै २०६१ सालमा त्रिभुवन गाेल्डकप भएपछि याे रंगशालामा हाल सम्म कुनै पनि अन्तराष्ट्रिय स्तरका खेल नभएकाे कारण पुर्वधार सम्पन्न याे रंगशाला ओझेलमा पर्दै गएकाे थियाे । अहिले आएर भद्रपुर नगरपालिकाले आफ्नाे निति तथा कार्यक्रमा मेची रंगशालाकाे विकासकाे लागि भनेर ३० लाख वजेट विनियाेजन गरेकाे कारण भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पाेखरेलकाे अध्यक्षतामा यस क्षेत्रमा रहेका खेलकुदप्रेमी, समाजसेवी, उद्याेगी – व्यवसायीहरुकाे अनाैपचारिक छलफलबाट यस रंगशालामा अन्तराष्ट्रिय स्तरकाे फुटबल प्रतियाेगिता गर्ने निष्कर्ष भए सगै यसै क्षेत्रका खेलकुलप्रेमी, समाजसेवी तथा युवा उद्यमी दिपेश ढकालकाे अध्यक्षतामा मुल आयाेजक समिति गठन भएपछि भद्रपुर नगरपािलका संरक्षकमा रहने गरि प्रथम सस्करण ‘भद्रपुर झापा गाेल्डकप’ काे नाम राखि खेल सफलता पूर्वक सम्पन्न गर्नकाे लागि तिव्र रुपमा मैदानकाे स्तर निर्माण भइरहेकाे बताए ।

झापामै ५ ओैं सस्करण सम्पन्न गरिसकेकाे ‘झापा गाेल्डकप’ का समितिसगँ माैखिका रुपमा वार्तालाप गरि यस पटककाे ‘झापा गाेल्डकप’ लाई स्थगित गरि याे ‘भद्रपुर झापा गाेल्डकप’ लाई सफल बनाउन आग्रह गरिएकाेमा सकरात्मक कुरा भएकाे मुल आयाेजक समितिका वरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीले जानकारी गराए ।
मुल आयाेजक समितिका अध्यक्ष दिपेश ढकालले खेल सम्पन्न गर्न आर्थिक रुपमा धेरै चुनाैति भएपनि जसरी भएपनि सफल बनाउने तयारीमा लागेकाे बताउदै अहिलेसम्म खेलकाे समय निर्धारण नभएकाेले समय तालिकाकाे लागि अखिल नेपाल फुटबल संघसगँ कुरा भइरहेकाे जानकारी गराए । ढकालले भने ‘सायद फागु पूर्णीमा लगत्तै समय तालिका निर्धारण हुन्छ हाेला’ ।

लगभग एक कराेड ५० लाखकाे लागत लाग्ने अनुमान गरिएकाे याे गाेल्डकपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि १० टिमकाे सहभागी हुने छन् भने प्रथम हुनेले नगद रु. १३ लाख र दाेस्राे हुनेलाई नगद रु. सात लाख पुरस्कार पाउने छन् । अहिलेसम्म प्रवेश शुल्क निर्धारण नभएपनि सरकारी विद्यालयका विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गहरुलाई निःशुल्क खेल हेर्ने व्यवस्था मिलाएकाे छ भने सरकारी विद्यालयकाे हकमा विद्यालयले खेल हुनुभन्दा २४ घण्टा अगाडि शिक्षक सहित विद्यार्थीकाे सङ्ख्या जानकारी दिएर शिक्षक वा शिक्षिकाकाे साथमा आउनु पर्ने हुन्छ ।




