Logo

जनमत पार्टीले छान्यो समानुपातिक सांसद

देश प्रदेश समाचार २२ मंसिर २०७९, बिहीबार २१:०१ मा प्रकाशित

काठमाडौं जनमत पार्टीले समानुपातिकमा पठाउने सांसद छनोट गरेको छ ।

बिहीबार बसेको उक्त पार्टीको बैठकले पार्टीका तर्फबाट पठाउने पाँच जनाको नाम टुंगो लगाएको हो । प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टी पहिलो आम चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल भएको छ । जनमत पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको हो ।

टुंग्याएको नामलाई अब निर्वाचन आयोगमा पठाइने छ। आयोगले समानुपातिक सिद्दान्त अनुसार मिले, नमिलेको जाँच गर्ने छ ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?