Logo

गुजरातमा फेरि भाजपाकै सरकार बन्ने निश्चित

देश प्रदेश समाचार २२ मंसिर २०७९, बिहीबार १५:०९ मा प्रकाशित

काठमाडाैं भारतकाे गुजरातमा भएकाे विधानसभा चुनावमा फेरि भारतीय जनता पार्टीकै सरकार बन्ने निश्चित भएकाे छ ।

प्रारम्भिक मत गणाना अनुसार १८२ विधानसभा सिटमा दुई चरणमा भएको चुनावको भाजपाले १५९ स्थानमा अग्रता लिएको छ भने कांग्रेसले जम्मा १५ सिटमा अग्रता लिएको छ ।

आम आदमी पार्टी (आप) ५ स्थानमा अगाडि छ । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेल भन्छन्, ‘गुजराजको नजिता निकै प्रष्ट छ । जतताले गुजराजको विकासलाई निरन्तरता दिने सोच बनाएका छन् । हामीले यसलाई सहर्ष स्वीकार गर्छौं ।’

भाजपाको गुजरात इकाईका अध्यक्ष आरसी पाटिलका अनुसार मुख्यमन्त्रीको सपथ १२ डिसेम्बरमा हुनेछ । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीका साथै मुख्यमन्त्री अनित शाह पनि सहभागी हुनेछन् ।

गुजरातमा पछिल्लो २७ वर्षदेखि भाजपा शासनमा छ । यद्यपि पछिल्लो पटक भाजपा जम्मा ९९ सिटमा समेटिएको थियो । कांग्रेसले ७७ सिट जितेको थियो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?