Logo

डाका र जबरजस्ती करणी मुद्धामा फरार प्रतिबादी कारागार चलान

देश प्रदेश समाचार १२ मंसिर २०७९, सोमबार २०:३८ मा प्रकाशित

झापा डाका र जबरजस्ती करणी मुद्धामा फरार रहेका धनपति ढुङ्गानालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेकाे छ ।

कन्काइ नगरपालिका ४ बस्ने ७७ वर्षिया ढुङ्गानालाई  २०६७ साल पुस १३ गते जिल्ला अदालत झापाले दाेषी ठहर गर्दै सजाय ताेकेकाे थियाे । अदालतकाे फैसलापछि फरार रहेका ढुङ्गानालाई साेमबार फैसला कार्यन्वयनको लागी खटिएको जिल्ला प्रहरी कार्यालयकाे टोलीले पक्राउ गरी फैसला कार्यन्वयनको निमित्त जिल्ला अदालत झापामा उपस्थित गराइएको हुँदा अदालतको आदेशले ढुङ्गानालाई ६ वर्ष  कैद र रू.७५ हजार जरिमाना सहित झापा जिल्ला कारागार चलान गरिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?