झापा । झापाका प्रतिनिधिसभा सदस्यमा ५ क्षेत्र मध्ये क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेस, २ मा नेकपा (एमाले), ३ राष्ट्रिय प्रजातन्त्र पार्टी र ४/५ मा नेकपा (एमाले)ले विजयी हासिल गरेका छन् ।
क्षेत्र नं. १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ३९ हजार ७ सय ६४ मत प्राप्त गर्दै विजयी भएका छन् भने शर्माका प्रतिद्वन्दी नेकापा एमालेका अग्नि प्रसाद खरेलले २५ हजार ३ सय ४९ मत प्राप्त गरेर पराजित भएका छन् । त्यसै गरि राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ८ हजार ५ सय ६४ मत प्राप्त गरि तेस्राे स्थानमा आएका हुन् ।

क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी सगँ तालमेल गरेका नेकपा एमालेका देवराज घिमिरेले २७ हजार ७ सय ७० मत प्राप्त गरि विजयी भएका छन् भने घिमिरेका प्रतिद्वन्दी स्वतन्त्रबाट उठेका उम्मेदवार भद्र प्रसाद नेपालले २५ हजार ४ सय ८३ मत प्राप्त गरि दाेस्राे स्थानमा आएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका हरि कुमार राना मगरले १३ हजार ७ सय १४ मत प्राप्त गरि तेस्राे स्थानमा आएका छन् ।
झापा क्षेत्र नं.३ मा नेकपा एमाले सगँ तालमेल गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले ४० हजार ६ सय ६२ मत प्राप्त गरेर विजयी भएका छन् भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका कृष्ण प्रसाद सिटाैलाले ३७ हजार ६ सय ७२ मत प्राप्त गर्दै पराजित भएका छन् ।
क्षेत्र नं. ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेकपा एमालेका लाल प्रसाद साँवा लिम्वुले २९ हजार ३ सय १५ मत प्राप्त गर्दै विजयी भएका छन् भने साँवाका प्रतिद्वन्दी नेपाली कांग्रेसका देउ कुमार थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गरि पराजित भएका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गर्दै तेस्राे स्थानमा आएका छन् ।
क्षेत्र नं. ५ मा नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले ५२ हजार ३ सय १९ मत प्राप्त गरि विजयी भएका छन् भने ओलीका प्रतिद्वन्दी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत प्राप्त गरि पराजित भएका छन् । त्यसै गरि राष्ट्रिय स्वतन्त्र पार्टीका शुरेस कुमार पाेखरेलले ११ हजार ७ सय ४९ मत प्राप्त गरि तेस्राे स्थानमा आएका हुन् ।




