Logo

झापा–४ बाट एमालेका एलपी साँवा विजयी

देश प्रदेश समाचार ८ मंसिर २०७९, बिहीबार १३:०७ मा प्रकाशित

झापा झापाको निर्वाचन क्षेत्र नं.४ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लालप्रसाद साँवा लिम्वु भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।

एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य समेत रहेका निवर्तमान सांसद साँवाले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस झापाका सभापति समेत रहेका देउमान थेवेलाई ६ हजार८६७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । एमालेका साँवाले २९ हजार ३ सय १५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् । यसैगरी घण्टी चुनाव चिन्ह भएका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गर्न सफल भए । झापा क्षेत्र नं.४ मा १ लाख २३ हजार १२४ कुल मतदाता रहेको यस क्षेत्रमा ७९ हजार ४८३ मत गणना भएको थियो भने ४,६४७ मत बदर भएको जनाइएको छ । यद्यपी निर्वाचन आयोगले आधिकारीक रुपमा घोषणा गर्न भने बाँकी रहेको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?