Logo

झापामा प्रतिनिधिसभाका ४ वटा क्षेत्र घाेषणा ३ नं. क्षेत्र बाकी

देश प्रदेश समाचार ८ मंसिर २०७९, बिहीबार १२:५४ मा प्रकाशित

भद्रपुर झापामा प्रतिनिधिसभाका ५ वटा क्षेत्र मध्ये ४ वटा क्षेत्रमा विजयी घाेषणा भकाेकाे छ भने ३ नं. क्षेत्रकाे घाेषणा हुन बाकि छ ।

झापाका क्षेत्र नं. १ २ ४  र ५ मा घाेषणा भइसकाे भने ३  घाेषणा हुन बाकि छ ।

क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ३९ हजार ७ सय ६४ मत प्राप्त गर्दै विजयी भएका छन् भने शर्माका प्रतिद्वन्दी नेकापा एमालेका अग्नि प्रसाद खरेलले २५ हजार ३ सय ४९ मत प्राप्त गरेर पराजित भएका छन् । त्यसै गरि राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ८ हजार ५ सय ६४ मत प्राप्त गरि तेस्राे स्थानमा आएका हुन् ।

क्षेत्र नं. २ मा नेकपा एमालेका देवराज घिमिरेले २७ हजार ७ सय ७० मत प्राप्त गरि विजयी भएका छन् भने घिमिरेका प्रतिद्वन्दी स्वतन्त्रबाट उठेका उम्मेदवार भद्र प्रसाद नेपालले २५ हजार ४ सय ८३ मत प्राप्त गरि दाेस्राे स्थानमा आएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका हरि कुमार राना मगरले १३ हजार ७ सय १४ मत प्राप्त गरि तेस्राे स्थानमा आएका छन् ।

क्षेत्र नं. ४ मा नेकपा एमालेका लाल प्रसाद साँवा लिम्वुले २९ हजार ३ सय १५ मत प्राप्त गर्दै विजयी भएका छन् भने साँवाका प्रतिद्वन्दी नेपाली कांग्रेसका देउ कुमार थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गरि पराजित भएका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गर्दै तेस्राे स्थानमा आएका छन्  ।

क्षेत्र नं. ५ मा नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले ५२ हजार ३ सय १९ मत प्राप्त गरि विजयी भएका छन् भने ओलीका प्रतिद्वन्दी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत प्राप्त गरि पराजित भएका छन् । त्यसै गरि राष्ट्रिय स्वतन्त्र पार्टीका शुरेस कुमार पाेखरेलले ११ हजार ७ सय ४९ मत प्राप्त गरि तेस्राे स्थानमा आएका हुन् ।

घाेषणा हुन बाकि रहेका क्षेत्र मध्ये ३ नं. क्षेत्रमा ७२ हजार ७ सय ३० मतगणना हुँदा राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले ३३ हजार ५ सय २१ मत प्राप्त गरेर अग्रता लिइरहेका छन् भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका कृष्ण प्रसाद सिटाैलाले २९ हजार ९ सय ३१ मत प्राप्त गर्दै पछ्याइ रहेका छन् ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?