झापा । भारतबाट नेपाल तर्फ भन्सार छली भित्राएकाे समान प्रहरीले वरामद गरेकाे छ ।
कार्तिक २८ गते अन्दाजी १२:३० बजेको समयमा मेचि भन्सार कार्यालय काकरभिट्टा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी सहित संयुक्त टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.६ भट्टराई चोक स्थित भारतबाट नेपाल तर्फ आई रोकी राखेको प्र.१-०१- ००१ ह ८३५५ नम्बरको अटोलाई शंका लागी चेकजाच गर्दा अवैध रुपमा भन्सार छली गरी ल्याएको अन्दाजी मुल्य रु.५८,२००।–बराबरको जाडोमा लगाउने टोपी २८२ थान, बच्चाको ट्राउजर ३०० थान फेला परेकोले नियन्त्रणमा लिई उक्त अट्टो मुल्य रु.२,५०,०००।– गरी जम्मा
रु.३,०८,२००।– बराबरको नियन्त्रणमा लिएको सामान र अट्टोलाई आवस्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।
लोकप्रिय समाचार




