भद्रपुर । राप्रपा पार्टीका केन्द्रिय अध्यक्ष तथा झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र प्रसाद लिङ्देनले चुनावकाे मुखमा आएर याे क्षेत्रका जनतालाई तथ्यहिन र भ्रामक कुरा प्रचार गर्नु एकदमै गलत भएकाे बताएका छन् ।
शनिबार झापाकाे भद्रपुरमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै लिङ्देनले भने जनताकाे विश्वास जितेर सदनमा जाने म, अनि जस्ले जनताकाे विश्वास जित्न नसकेकाले याे क्षेत्रकाे विकास गरेकाे भन्दै भ्रम छर्दै हिड्दा मलाई आश्यर्य लागेकाे बताए ।

केहि दिन अगाडी नेपाल आदिवासी जनजाति महासंघ झापाले आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा मेरा प्रतिद्वन्द्वीहरुले मलाई बोलाउँदै नबोलाएको कार्यक्रममा महासंघले जनजातिको सवालमा आफू डराएर नआएको भनेर समुदायमा घृणा पैदा गर्ने कुत्सित मनसाय राखेर प्रचार गरेको उनले आरोप समेत लगाए । बोलाउँदै नबोलाएको कार्यक्रममा उपस्थित नहुँदा आफूलाई जनजाति विरोधी र पहिचान विरोधी भनेर महासंघले जात र धर्मको आधारमा भ्रम पैदा गर्न खोजेको आरोप लगाए । ‘ जनजातिका नाममा एक छाकको लागि, एक ट्वाकको लागि भेला गर्ने त्यस्ता संगठनको क्रियाकलापप्रति म निन्दा गर्छु’ उनले भने ,‘ त्यस्ता भ्रमप्रति सबैलाई सतर्क रहन आग्रह गर्न चाहन्छु ।’ जात धर्मको विवाद गर्नेहरु देशद्रोही भएको ठहर गर्दै उनले जनजातिको विषयमा, जाति विशेषको विषयमा आफू छलफल गर्न र जवाफदेही बन्न तयार रहेको धारणा राखे । कसैले प्राप्त गरिरहेको आरक्षणप्रति आफूहरुको विरोध नभएको भन्दै लिङ्देनले आरक्षणमा परेका जात विशेषबाहेकका गरीवहरुले पनि आरक्षण पाउनु पर्छ भन्ने म लगायत मेराे पार्टीको धारणा रहेको स्पष्ट पारे । आरक्षणको सवालमा पुनरावलोकन हुनुपर्छ उनको भनाई छ ।
लिङ्देनले भने ‘झापा क्षेत्र नं. ३ का जनताले दशकाेैं देखि विकासकाे अनुभुति गर्न नपाएकाेमा जव म यस क्षेत्रबाट जनताकाे विश्वास जितेर सदनमा गए त्यसपछि यहाँका जनताहरुले विकास भनेकाे के हाे सडक कालाेपत्रे कस्ताे हुन्छ भनेर थाहा पाएका छन् । यस क्षेत्रमा विकासकाे लहर आउन थालेकाेले अव याे क्षेत्रमा उद्याेग कल-कारखाना भित्राउनु छ भने माेमेन्टाे एपरेल्स् जस्ता बन्द भएका उद्याेगहरु पुन संचालनमा ल्याउनु छ । भद्रपुर बजारकाे विकासका साथै यस क्षेत्रका पर्यटकिय स्थान किच्चकबधकाे विकास गर्नु छ । याे गएकाे ५ वर्षमा जलथल जंगलकाे महत्वकाे बारेमा अध्यन सुरु भएकाे छ । जैविक विविधताले नेपालकै प्रमुख मात्रै नभएर दुनियाँका महत्वपुर्ण जंगल मध्ये याे पनि एक रहेकाे छ । विश्वमा जस्ले वन विज्ञानमा अध्यन गर्न चाहान्छ उसका लागि याे जंगल खुल्ला विश्वविद्यालय बन्न सक्छ यसकाे लागि मार्केटीङ गर्न बाकि छ’ । समग्रमा याे क्षेत्रमा विकास सुरु भइसकेकाेले अव प्राथामिकता भनेकाे भद्रपुर बजार रहेकाे बताए ।




