भद्रपुर । पूर्व गृहमन्त्री तथा ३ नं. क्षेत्र झापाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटाैलाले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यकाे चुनावमा गणतन्त्रकाे रक्षा गरेर देशमा विकासकाे सिर्जना गर्नेलाई आफ्नाे मतदान दिन अनुराेध गरेका छन् ।
साेमबार झापाकाे भद्रपुरमा आयाेजित पत्रकार भेटघाटकाे कार्यक्रममा सिटाैलाले २०६२/६३ काे जनआन्दाेलनमा तत्कालिन शाही शासनले झापाकाे सदरमुकाम चन्द्रगढीमा नेपाली जनताहरुकाे सार्वभाैमतामा माथि गाेली चलाएर दुई जनाकाे हत्या गरेपछि झन उग्र रुप लिएकाे जनआन्दाेलनकाे अगाडि शाही शासनले आत्मा समर्पण गरेपछि जनताकाे हातमा ल्याएकाे शासनकाे अनेकाै दु:ख, आराेह, अवराेह पार गर्दै नेपालकाे संविधान वनाउन सफल भयाै तर संविधान अनुसारकाे नेपाली जनतालाई हक अधिकार दिन २०७४ सालकाे चुनावमा हामीलेनै संविधानकाे स्थापना गरेकाे हामीले नै गणतन्त्र स्थापना गरेकाे तर हामीलाई नै चुनावमा मतदान नगरेर गणतन्त्र विराेधीलाई मत दिएकाेमा म आफैलाई आश्चर्य लागेकाे बताएका छन् ।

सिटाैलाले भने ‘याे देशमा जुन राम्रा परिवर्तनहरु भएका छन् जसकाे हात नेपाली काङ्ग्रेस र कम्युनिस्टहरुकै छ । २०४६ सालमा हाेस या ०६२/६३काे जन आन्दाेलनमा हाेस् हामी दुई पार्टीकै हातेमालाेले याे सफलता हासिल गरेका थियाैं, त्यतिमात्र नभए राजतन्त्र हटाउने र गणतन्त्रकाे स्थापना गर्न पनि हामीहरुकै याेगदान रहेकाे थियाे । तर २०७४ सालकाे चुनावमा नेकपा एमाले र माओवादीले नै राजावादीलाई जिताएर केन्द्रमा पुर्याएर मलाई हराएकाेमा दुःख व्यक्त गरे’ ।
आफ्नै पार्टीका शिर्ष नेताहरुले प्रत्यक्ष हाेइन समानुपातिकामा बस्न अनुराेध गरेता पनि यहाँका जनताले संविधानकाे सहि उपयाेग गर्न नपाएकाेले यहिबाट चुनाव जितेर जाने र यहाँका जनतालाई नेपालकाे संविधानकाे सहि उपयाेग गराउने वताए । संविधान त वनाइयाे तर यसकाे उपयाेग गराउने समयमा मलाई हराएकाे कारण यस क्षेत्रमा कुनैपनि विकासका कामहरु नभएकाे बताए ।
विगत ५ वर्षे कार्यकालमा याे निर्वाचन क्षेत्रमा सङ्घीय सरकारबाट कुनै नयाँ याेजना नआएकाे बताउदै यहाँका ठुला याेजना चारआली – केचना सडक र भद्रपुर – राजगढ सडका दाेस्राे संविधानसभाकाे चुनावका वेला सर्वदलियसभा गरेर म आफै याे झापा चाैकमा आएर तत्कालीन भाैतिक याेजना मन्त्री रमेश लेखकले याे सडककाे शिलान्यास गरेका थिए । याे मात्रै हाेइन सघन सहरी विकास मार्फत बनेका सडकहरु, शिक्षा, खानेपानी लगायतका १० ओै अरवका आयाेजनाहरु ल्याएका थियाैं तर दाेस्राे संविधानकाे चुनावपछि याे क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतमा एउटा पनि नयांँ आयाेजना आउन सकेनन् । ‘नेपाल सरकारकाे नजरमा परेकाे याे क्षेत्रबाट निर्वाचित भएर गएका सामसदले कुनैपनि नयाँ आयाेजना ल्याउन नसकेकाे कारण विकासकाे सुख्खा लागेकाे छ’ । अव हुने चुनावमा याे क्षेत्रका विकास चाहाने जनताले मलाई नै जिताउनु हुन्छ किनभने याे क्षेत्रकाे समग्र विकास कृष्ण प्रसाद सिटाैलाले मात्र गर्छ भन्नेे यहांँका जनताकाे विश्वास रहेकाे छ । याे जनताकाे विश्वास नै मेराे चुनाव जित्ने वतावरण भएकाेमा विश्वस्त रहेकाे दावी गरे । उनले भने ‘म जहिले देखि याे क्षेत्रबाट राजनीति थाले म याे ठाँउ छाेडेर कतै गएकाे छैन जिते पनि यहि छु हारेपनि यहि छु ‘।
समग्रमा नेता सिटाैलाले भने जस्ले बनेकाे घर भत्काउन खाेजीरहेकाे छ अहिलेका वाम गठबन्धनले उसैलाई घर भित्राउन लागेकाेले राजावादीलाई हाेइन गणतन्त्रकाे रक्षा गर्ने गणतन्त्रवादी हाम्राे पार्टी नेपाली काङ्ग्रेसलाई मतदान गरेर आफ्नाे अमुल्य मताधिकारकाे प्रयाेग गरि विजय गराइदिन याे क्षेत्रका आम जनतालाई उनले आग्रह गरेका छन् ।




