Logo

जीतपुरसिमरा उपहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष पक्राउ

देश प्रदेश समाचार २० कार्तिक २०७९, आईतवार १६:१० मा प्रकाशित

वीरगञ्ज बाराको जीतपुरसिमरा उपहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष सुनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका कार्यालयमा तालाबन्दी गरेपपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यालयमा बारा क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय पनि छ ।

निर्वाचन नजिकिदै गरेको समयमा निर्वाचन अधिकृतको कार्यालय भएको कार्यालयमा तालाबन्दी गरेकोले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?