Logo

हरिबोधिनी एकादशी एक चर्चा

देश प्रदेश समाचार १६ कार्तिक २०७९, बुधबार १९:०१ मा प्रकाशित

haribodani ekadashi

पं. राजेन पाैडेल/भद्रपुुर
कार्तिकशुक्ल–एकादशीतिथिमा हरिबोधिनीएकादशी विषेश पर्वको रुपमा प्रसिद्ध छ । हामी यस एकादशीलाई ठूलो एकादशी भनेर जान्दछौ । आजभन्दा चार महिनापूर्व आषाढ शुक्ल(हरिशयनी) एकादशीकादिन भगवानश्रीहरिः शेषनागमाशयन गर्नु भएको र हरिबोधिनी एकादशीमा निद्राबाट ब्युँझनु हुन्छ भनेर थुप्रै ग्रन्थहरुमा पाईन्छ ।

त्यस अनुसार हरिबोधिनीको दिनव्रत–उपवास वसीभगवानको पुजनअर्चन गरी कथाश्रवण गरेर हरि सङ्किर्तन गर्नु पर्दछ । उक्तदिन देखि भीष्मपञ्चकप्रारम्भ र नेपालका विभित्र तीर्थ क्षेत्रहरुमाधार्मिक मेलाहरु पनि लाग्दछन् । यो पर्वको बारेमा यसरी चर्चा गरिन्छ ।
मूकं करोतिवाचालं पङ्गुं लङ्घयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।

कायिक, वाचिक र मानसिक गरी व्रतलाई तीनभागमा विभाजन गरिएको छ । तीमध्ये घातक हतियारको प्रयोग, अन्तःइन्द्रियमाबाधा, व्यभिचार र हिंसाजस्ता कुरा नगर्नुलाई कायिकव्रत भनिन्छ । सत्य, कमबोल्ने, हितकर वचन, मधुर बोल्ने, कसैको निन्दानगर्ने वचनको व्यवहारलाई वाचिक”व्रत भनिन्छ ।

मनलाई प्रसत्र राख्नप्रयास गर्नु, शान्तभाव, शत्रुतारहित, र आत्मसंयमलाई मानसिकव्रत भनिन्छ । तत्वदर्शी ऋषिमुनिहरुले जागरणको प्रातःकालमा साधनामयजीवनद्वारा पत्तालगाएकाहितकर तथ्यमध्येको एक उपलब्धिहो व्रत । यसले मानिसको शारीरिक र मानसिक परिशुद्धिका लागिकतिपयनियमको अवलम्बनआवश्यकभएको कुरा सबैमा सर्वविदितै छ ।
व्रतको अवलम्बनले दृष्ट र अदृष्ट दुवै वस्तुमा सम्बन्ध राख्दछ ।

त्यसैले व्रत बस्नाले दृष्टरुपमा अरुचि, अजीर्णजस्ता साधारण र उपदंश, जलोदर जस्ता दुःसाध्य रोग समन हुनमा साथै अदृष्ट रुपमा परमार्थ प्राप्तिको मार्ग प्रशस्त बन्दछ । यसरि व्रतको प्रतिफल शरीरको बाह्यतथाआन्तरिक शुद्धताका साथसाथै ईश्वरोपासनाको मार्गमाआफुलाई अग्रसर गराउनु पनिहो । त्यसर्थ यो नै व्रतको प्रतिफलहो ।

भक्तिभावेन तुष्टात्मा ह्युपवासं समर्पयेत् ।
रात्रो जागरणं कार्यं देवदेवस्य सत्रिधौ ।।

व्रतानुष्ठान तथा हरिबोधिनीएकदशी सम्बन्धि संक्षिप्तचर्चामा । व्यवहारमा सामान्य रुपले एकादशीको व्रत बस्ने र विधिपूर्वकको पूजा समेत गरेर व्रत बस्ने दुवैथरीकाश्रद्धालु भक्तहरु पाइन्छन् । त्यसमा सङ्ख्याका दृष्टिमा दोस्रो भन्दापहिलो थरी नै अधिक पाइन्छन् । कसैले अघिपछि एकादशीको व्रतमात्र वसेर हरिबोधिनीएकादशीको दिनभने पूजा सहितको व्रतगर्दछन् । हुनत सवै एकादशी वरावर नै हुन तर हरिबोधिनीएकादशी अरु भन्दायसको महत्वअधिक छ ।

हरेकएकादशीकाअलग–अलगनाम, देवता र शक्ति छन् । त्यसै गरी प्रत्येकएकादशीमा चढाइने फूल, अर्पण गरिने फल र दानगरिने वस्तु पनिअलग–अलग रुपमा धर्मग्रन्थहरुमाउल्लेख पाइन्छ । जस्तो उदाहरणको लागि एकादशी हरिबोधिनी छ भने यो दिनको देवताको नामदामोदरहो । यसैगरी एकादशीको शक्तिको नामराधा, चढाउनको लागिसयपत्रीफूल,अर्पण गरिने फलबयर हो । यसैगरी अरु एकादशीकापनि छुट्टाछुट्टै नाम, देवता,शक्ति,चढाइने फूलतथाफल र वस्तु अलग–अलग रुपमानिर्धारित छन् ।
यस दिनव्रतका साथ साथभगवान विष्णुको विशेष पुजार्चन हुन्छ ।

यस क्रममाप्रातःकालशौच स्नानपछि आफ्नो नित्यकर्म सकेर मण्डप या पुजास्थानलाई तयार गर्नुपर्दछ । मण्डपको तयारी पछि पूजाकालागिआवश्यकचन्दन,अक्षता, तिल, जौ,फल,फूल, धूपबबत्ती, नैबेद्य,पञ्चामृत र दक्षिणाजस्ता वस्तु तयार पारी मध्याह्नकालमापूजार्चन आरम्भ गर्नुपर्दछ ।

निर्दिष्ट ठाउँमा सुखासनमा बसेर आचमन, प्राणयाम गरी कर्मपात्रो निर्माण गरी पवित्रधारण, गोदानजस्ताकार्य गरेपछि तिलजौसहितकुशजललिएर प्रतिज्ञा गर्नुपर्दछ ।सङ्कल्पमा देश काल, गोत्र प्रवर, उच्चारण मन, वचन र शरीरद्वारा भएका सम्पूर्ण पापनासकानिमित्त र दीर्घायुष्य, विष्णुलोक प्राप्तिको लागि प्रतिज्ञा सङ्कल्प गर्नुपर्दछ ।पूजाको सुरुमा नै पूजास्थानको भूमिमाआग्नेयकोण देखि ॐ कूर्माय नमः ।

ॐ पृथिव्यै नमः ।ॐ अनन्तायनमःभनेर फूलअक्षता चढाउनु पर्दछ । त्यसपछि मध्यभागमाॐ आधारशक्तये नमःभनेर पूजा गर्नुपर्दछ । तत्पश्चात् स्वस्तिवाचन तथा माङ्गलिकश्लोक उच्चारण, भूतोत्साधनकालागि सस्र्यूं छरेर दिप, कलश, गणेशको आवाहन गरी पूजागरिन्छ । यसपछि नारायणको विशेष पूजागरिन्छ ।

यसको लागिविचमा एउटा कलश स्थापना गरी कलशको पूजा गर्नुपर्दछ । कलशमाथितामाको स्थालीमा अष्टदल बनाई शालीग्रामअथवा नारायाणको प्रतिमा राखीषोडशोपचारविधिलेपूजा सम्पत्र गर्नुपर्दछ । शुरुमा अष्टदलमा पूर्वादिक्रमले विमला, क्रियाइत्यादि पीठाङ्ग देवताको पूजा गर्नुपर्दछ । त्यसपछि दिग्पाल, द्वारपालहरुलाई पूजा गर्नुपर्दछ ।

ततःलक्षीसहित नारायणको आवाहनआसन गरी पाद्य, अर्घ, पञ्चामृत, धूपदिप, नैवेद्य, दक्षिणद्वारा पूजागरिन्छ ।पुजार्चन पश्चात् आरति, पुष्पाञ्जली गरी कथाश्रवण, नामसङ्कीर्त गरी जागरम बसीभोलीपल्ट द्वादशीको दिननिम्नमन्त्रउच्चारण गर्दै भगवान विष्णुलक्ष्मीलाई जगाउनु पर्दछ ।

उत्तिष्ठोत्तिष्ठ गोविन्दत्यजनिद्रां जगत्पते ।
त्वयि सुप्ते जगत्सुप्तमुत्थिते चोत्थितं जगत् ।।
भगवानलाई जगाएर सुन्दर पुष्पद्वारा पुष्पाञ्जली र तुलसीपत्र अर्पण गर्नुपर्दछ । तत्पश्चात परमात्मालाई स्मरण गर्दै ब्राह्मण, दीनदुःखिलाई दानदिनु भोजन गराउनु र अन्त्यमाव्रत समाप्तगर्दै निम्नमन्त्रद्वारा प्रार्थना गर्नुपर्दछ ।
इदं व्रतं मयादेव कृतं प्रीत्यै तवप्रभो ।
न्यूनं सम्पूर्णतां यातु त्वत्प्रसादाज्जनार्दन ।।

हरिबोधिनीएकादशी एक चर्चा
कार्तिकशुक्ल–एकादशीतिथिमा हरिबोधिनीएकादशी विषेश पर्वको रुपमा प्रसिद्ध छ । हामी यस एकादशीलाई ठूलो एकादशी भनेर जान्दछौ । आजभन्दा चार महिनापूर्व आषाढ शुक्ल(हरिशयनी) एकादशीकादिन भगवानश्रीहरिः शेषनागमाशयन गर्नु भएको र हरिबोधिनी एकादशीमा निद्राबाट ब्युँझनु हुन्छ भनेर थुप्रै ग्रन्थहरुमा पाईन्छ ।

त्यस अनुसार हरिबोधिनीको दिनव्रत–उपवास वसीभगवानको पुजनअर्चन गरी कथाश्रवण गरेर हरि सङ्किर्तन गर्नु पर्दछ । उक्तदिन देखि भीष्मपञ्चकप्रारम्भ र नेपालका विभित्र तीर्थ क्षेत्रहरुमाधार्मिक मेलाहरु पनि लाग्दछन् । यो पर्वको बारेमा यसरी चर्चा गरिन्छ ।
मूकं करोतिवाचालं पङ्गुं लङ्घयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।

कायिक, वाचिक र मानसिक गरी व्रतलाई तीनभागमा विभाजन गरिएको छ । तीमध्ये घातक हतियारको प्रयोग, अन्तःइन्द्रियमाबाधा, व्यभिचार र हिंसाजस्ता कुरा नगर्नुलाई कायिकव्रत भनिन्छ । सत्य, कमबोल्ने, हितकर वचन, मधुर बोल्ने, कसैको निन्दानगर्ने वचनको व्यवहारलाई वाचिक”व्रत भनिन्छ ।

मनलाई प्रसत्र राख्नप्रयास गर्नु, शान्तभाव, शत्रुतारहित, र आत्मसंयमलाई मानसिकव्रत भनिन्छ । तत्वदर्शी ऋषिमुनिहरुले जागरणको प्रातःकालमा साधनामयजीवनद्वारा पत्तालगाएकाहितकर तथ्यमध्येको एक उपलब्धिहो व्रत । यसले मानिसको शारीरिक र मानसिक परिशुद्धिका लागिकतिपयनियमको अवलम्बनआवश्यकभएको कुरा सबैमा सर्वविदितै छ ।
व्रतको अवलम्बनले दृष्ट र अदृष्ट दुवै वस्तुमा सम्बन्ध राख्दछ ।

त्यसैले व्रत बस्नाले दृष्टरुपमा अरुचि, अजीर्णजस्ता साधारण र उपदंश, जलोदर जस्ता दुःसाध्य रोग समन हुनमा साथै अदृष्ट रुपमा परमार्थ प्राप्तिको मार्ग प्रशस्त बन्दछ । यसरि व्रतको प्रतिफल शरीरको बाह्यतथाआन्तरिक शुद्धताका साथसाथै ईश्वरोपासनाको मार्गमाआफुलाई अग्रसर गराउनु पनिहो । त्यसर्थ यो नै व्रतको प्रतिफलहो ।

भक्तिभावेन तुष्टात्मा ह्युपवासं समर्पयेत् ।
रात्रो जागरणं कार्यं देवदेवस्य सत्रिधौ ।।

व्रतानुष्ठान तथा हरिबोधिनीएकदशी सम्बन्धि संक्षिप्तचर्चामा । व्यवहारमा सामान्य रुपले एकादशीको व्रत बस्ने र विधिपूर्वकको पूजा समेत गरेर व्रत बस्ने दुवैथरीकाश्रद्धालु भक्तहरु पाइन्छन् । त्यसमा सङ्ख्याका दृष्टिमा दोस्रो भन्दापहिलो थरी नै अधिक पाइन्छन् । कसैले अघिपछि एकादशीको व्रतमात्र वसेर हरिबोधिनीएकादशीको दिनभने पूजा सहितको व्रतगर्दछन् । हुनत सवै एकादशी वरावर नै हुन तर हरिबोधिनीएकादशी अरु भन्दायसको महत्वअधिक छ ।

हरेकएकादशीकाअलग–अलगनाम, देवता र शक्ति छन् । त्यसै गरी प्रत्येकएकादशीमा चढाइने फूल, अर्पण गरिने फल र दानगरिने वस्तु पनिअलग–अलग रुपमा धर्मग्रन्थहरुमाउल्लेख पाइन्छ । जस्तो उदाहरणको लागि एकादशी हरिबोधिनी छ भने यो दिनको देवताको नामदामोदरहो । यसैगरी एकादशीको शक्तिको नामराधा, चढाउनको लागिसयपत्रीफूल,अर्पण गरिने फलबयर हो । यसैगरी अरु एकादशीकापनि छुट्टाछुट्टै नाम, देवता,शक्ति,चढाइने फूलतथाफल र वस्तु अलग–अलग रुपमानिर्धारित छन् ।

यस दिनव्रतका साथ साथभगवान विष्णुको विशेष पुजार्चन हुन्छ । यस क्रममाप्रातःकालशौच स्नानपछि आफ्नो नित्यकर्म सकेर मण्डप या पुजास्थानलाई तयार गर्नुपर्दछ । मण्डपको तयारी पछि पूजाकालागिआवश्यकचन्दन,अक्षता, तिल, जौ,फल,फूल, धूपबबत्ती, नैबेद्य,पञ्चामृत र दक्षिणाजस्ता वस्तु तयार पारी मध्याह्नकालमापूजार्चन आरम्भ गर्नुपर्दछ ।

निर्दिष्ट ठाउँमा सुखासनमा बसेर आचमन, प्राणयाम गरी कर्मपात्रो निर्माण गरी पवित्रधारण, गोदानजस्ताकार्य गरेपछि तिलजौसहितकुशजललिएर प्रतिज्ञा गर्नुपर्दछ ।सङ्कल्पमा देश काल, गोत्र प्रवर, उच्चारण मन, वचन र शरीरद्वारा भएका सम्पूर्ण पापनासकानिमित्त र दीर्घायुष्य, विष्णुलोक प्राप्तिको लागि प्रतिज्ञा सङ्कल्प गर्नुपर्दछ ।पूजाको सुरुमा नै पूजास्थानको भूमिमाआग्नेयकोण देखि ॐ कूर्माय नमः ।

ॐ पृथिव्यै नमः ।ॐ अनन्तायनमःभनेर फूलअक्षता चढाउनु पर्दछ । त्यसपछि मध्यभागमाॐ आधारशक्तये नमःभनेर पूजा गर्नुपर्दछ । तत्पश्चात् स्वस्तिवाचन तथा माङ्गलिकश्लोक उच्चारण, भूतोत्साधनकालागि सस्र्यूं छरेर दिप, कलश, गणेशको आवाहन गरी पूजागरिन्छ । यसपछि नारायणको विशेष पूजागरिन्छ । यसको लागिविचमा एउटा कलश स्थापना गरी कलशको पूजा गर्नुपर्दछ । कलशमाथितामाको स्थालीमा अष्टदल बनाई शालीग्रामअथवा नारायाणको प्रतिमा राखीषोडशोपचारविधिलेपूजा सम्पत्र गर्नुपर्दछ ।

शुरुमा अष्टदलमा पूर्वादिक्रमले विमला, क्रियाइत्यादि पीठाङ्ग देवताको पूजा गर्नुपर्दछ । त्यसपछि दिग्पाल, द्वारपालहरुलाई पूजा गर्नुपर्दछ । ततःलक्षीसहित नारायणको आवाहनआसन गरी पाद्य, अर्घ, पञ्चामृत, धूपदिप, नैवेद्य, दक्षिणद्वारा पूजागरिन्छ ।पुजार्चन पश्चात् आरति, पुष्पाञ्जली गरी कथाश्रवण, नामसङ्कीर्त गरी जागरम बसीभोलीपल्ट द्वादशीको दिननिम्नमन्त्रउच्चारण गर्दै भगवान विष्णुलक्ष्मीलाई जगाउनु पर्दछ ।

उत्तिष्ठोत्तिष्ठ गोविन्दत्यजनिद्रां जगत्पते ।
त्वयि सुप्ते जगत्सुप्तमुत्थिते चोत्थितं जगत् ।।
भगवानलाई जगाएर सुन्दर पुष्पद्वारा पुष्पाञ्जली र तुलसीपत्र अर्पण गर्नुपर्दछ । तत्पश्चात परमात्मालाई स्मरण गर्दै ब्राह्मण, दीनदुःखिलाई दानदिनु भोजन गराउनु र अन्त्यमाव्रत समाप्तगर्दै निम्नमन्त्रद्वारा प्रार्थना गर्नुपर्दछ ।
इदं व्रतं मयादेव कृतं प्रीत्यै तवप्रभो ।
न्यूनं सम्पूर्णतां यातु त्वत्प्रसादाज्जनार्दन ।।

लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?