Logo

अस्ताउदाे सुर्यलाई अर्घ दिइयाे फाेटाे फिचर सहित

देश प्रदेश समाचार १३ कार्तिक २०७९, आईतवार १८:५९ मा प्रकाशित

भद्रपुर   १ नं. प्रदेशकै वृहत छठ पर्व हुने झापाकाे भद्रपुर स्थित मेची नदिमा आइतबार अस्ताउँदाे सुर्यलाई अर्घ दिएर छठ पर्व मनाइएकाे छ ।

छठ पूजा विषेश गरेर पहिले मैथली समाजकाे मुख्य पर्वकाे रुपमा रहेता पनि आजभाेली सवै जातजातीले याे पर्व मनाउन थालेका छन् ।

भद्रपुरको मेची किनारमा मैथली समाज सहित हिमाली, पहाडी, मारवाडी, बंगालीलगायत सम्पूर्ण जातजातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिएकोे हो ।

नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने झापाको भद्रपुरस्थित मेची नदीमा मनाउँदै आएको छठ पर्वमा ५ हजार भन्दा बढी पूजास्थल निर्माण गरी नदीको वारिपारी दुवैपट्टिबाट हिमाल, पहाड र तराईका बासिन्दाले सहभागी भएर साझा पर्व मनाएका छन् ।
दशकौंदेखिको पूजास्थलको पहिचान बनाएको मेची घाटमा पूजास्थल सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती गरिरहेका छन् ।

पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेको समेत पाइएको छ । चारदिनसम्म मनाइने छठ पर्वमा तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र चौथो दिन विहान उदाउदो सूर्यलाई अर्घ्य चढाएपछि सम्पन्न हुन्छ । यो पर्वमा जनसहभागिताको हिसाबले नेपालको जनकपुरपछि दोस्रो स्थान भद्रपुरले लिने गरेको मैथिल समाजको दावी रहेको छ ।

नेपालका मात्र नभएर भारतको विहार तथा बंगाल राज्यका व्रतालु भक्तजनहरु यसै नदीमा छठ पर्व मनाउँदै आएकाले भद्रपुरको छठ पर्वको छुट्टै विशेषता रहने गरेको छ । यसको व्यवस्थापनका लागि भद्रपुर नगरपालिका संरक्षक तथा मैथिल समाजलगायत विभिन्न सामाजिक संघसंस्था, उद्योग, व्यापारिक प्रतिष्ठान, राजनीतिक दलहरू सहयोगी र दाता निकायको रूपमा रहेका छन् ।

यसै अवसरमा झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभाका राप्रपाका उम्मेदवार राजेन्द प्रसाद लिङ्देन, प्रदेशसभा १ का  नेकपा एमालेका उम्मेदवार बषन्त कुमार वानिया, भद्रपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना, वडा नं ५ का वडाध्यक्ष बन्धु कार्की लगायत जनप्रतिनिधिहरुले पर्वकाे अवलाेकन गरेका थिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?