Logo

प्रतिबन्धित लागुऔषध सहित मोटरसाइकल र २ जना मानिस नियन्त्रणमा

देश प्रदेश समाचार ८ कार्तिक २०७९, मंगलवार ११:४३ मा प्रकाशित

झापा ।  जिल्ला प्रहरी कार्यालय झापाले प्रतिबन्धित लागुऔषध सहित मोटरसाइकल र २ जना मानिस नियन्त्रणमा लिएकाे छ ।

झापा जिल्ला कमल गाउँपालिका वडा न.-३ केर्खा स्थितमा इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले मे.५ प.९८१८ नम्बरको मोटरसाइकलमा सवार जिल्ला झापा अर्जुनधारा न.पा.वडा नं.९ बस्ने बर्ष २६ को अजय माझी र ऐ.बस्ने वर्ष २८ को अर्जुन राजबंशीलाई शंका लागी चेकजाँच गर्दा अजय माझीको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १० ग्राम र रु.१६,८५५।–नगद फेला परेकोले मोटरसाइकल सहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य भइरहेको प्हरीले जनाएकाे छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?