Logo

राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले हो : अध्यक्ष लिङ्देन

देश प्रदेश समाचार ६ कार्तिक २०७९, आईतवार १२:१९ मा प्रकाशित

काठमाडाैं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले रहेको बताएका छन् ।

आइतबार काठमडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले राप्रपाको मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग हुने बताएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पार्टीहरु एक सयभन्दा कम सिटमा खुम्चिसकेको भन्दै उनले एमाले नै राप्रपाको मुख्य प्रतिस्पर्धी भएको बताए ।

यो निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेर चुनावमा हाेमिएका लिङ्देन राप्रपा अग्रणी पार्टी हुने जिकीर गर्दै उनले भने, ‘यसपटक राप्रपाको चुनावी प्रतिस्पर्धा नेकपा एमालेसँग भएको छ । अरु पार्टीहरुको त हिसाबकिताब नै छैन । उम्मेदवार नै सय कटाउन सकेका छैनन् । कांग्रेस, माओवादी भन्ने पार्टी त सय भन्दा तल छन् । कोही त ५० भन्दा पनि तल छन् ।’

नेकपा एमालेको हाराहारीमा उम्मेदवारी दिनसक्ने पार्टी राप्रपा मात्रै भएको उनले बताए । उनले भने, ‘हिजो हामी ४ सिटमा उम्मेदवारी उठाएर हिँडेका थियौं, आज १४० सिटमा छ ।’

अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको पक्षमा अप्रत्यासित परिणाम आउने दाबीसमेत गरे ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?