Logo

मेराे मुख्य उम्मेदवारी संघीयता खारेजी – कल्याण खड्का

देश प्रदेश समाचार १ कार्तिक २०७९, मंगलवार १२:१९ मा प्रकाशित

झापा झापा क्षेत्र नं. १(ख) बाट प्रदेशसभाको लागि उम्मेदवारी दिएका कल्याण खड्काले आफ्नो उम्मेदवारी मुख्यतय देशकाे संघीयता खारेजी रहेको वताएका छन् ।
विगत लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध खड्का अहिले आएर पार्टी छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेर सोहि पार्टीबाट उम्मेदवारी दिएका छन् ।
देश प्रदेशका सम्पादक भेषराज(राजन) नेपालले खड्कासगँ गरेको सम्क्षिप्त कुराकानी
नमस्कार नेता ज्यु
नमस्कार,
तपाईको उम्मेदवारी केका लागि दिनुभएको ?
मेरो उम्मेदवारी विकृति, विसङ्गति र भष्ट्रचार मुलक प्रवृत्ति हटाउनु हो । झापा क्षेत्र नं. १(ख) पीछडिएको क्षेत्र रहेकोले यो क्षेत्रमा विकासको उदाहरणीय काम गर्नको साथै स्वास्थ्य र शिक्षामा पनि पीछाडिएकोले समग्र विकासकोलागि हो । मुख्यतय देशको संघीयता खारेजीको लागि नेपालको संविधानको उपयोग गरि संघीयता संरचनाको खारेजीको लागि हो ।
पार्टीले दिएको अवसरलाई कसरी लिनु भएको छ ?
पार्टीले दिएको अवसरलाई अवसर मात्रै नभएर चुनौती पनि लिएको छु, वि.स.२०४६ सालदेखि राप्रपा, राप्रपा नेपाल हुदै ३२/३३ वर्ष यो क्षेत्रमा सामाजिक, राजनीतिक क्षेत्रमा मेरो भुमिका रहेकोमा याहाँका जनताको मुल्य, मान्यता र सवै सपना पुरा गर्न मेराे दायित्व रहेकाले यो अवसर पाएको हो ।


देशका ठुला दलहरु सवै प्रायः चुनावी गठबन्धनमा छन् तर तपाई एक्लै चुनाव जित्ने आधार के मान्नु भएको छ ?
अरु पार्टीले चुनाव नजित्ने भएर नै तालमेल गरेका छन्, त्यसबाट सजिलै बुझिन्छ जनताको म प्रति कति विश्वास र सद्भाव छ भनेर । मेरो जित्ने अधार भनेको मेरो कार्यशैली, सामाजिक दायित्व, सालिन व्यक्ति, मेरो भद्र स्वाभाव, मुल्य र मान्यता नै हो । अझ भन्नुपर्दा म एक फुटवल खेलाडी पनि हो यसले गर्दा सम्पुर्ण खेलाडी साथिभाइहरुको साथ सहयोग र हौसला पनि हो । म निर्माण व्यवसायमा रहेकोले मेरा सम्पुर्ण मजदुर साथिहरुको पनि साथ सहयोग छ । तेसैगरि व्यापारीहरुको संगठन मेचीनगर वाणिज्य संघको उपाध्यक्ष रहेकोले उहाँहरु सबैको साथ सहयोग माया ममता रहेकोले मेराे जित सुनिश्चित छ ।
क्षेत्र नं. १ को (ख) मा कति मतदाता रहेकाछन् र कति मत ल्याएर चुनाव जित्नु हुन्छ ?
क्षेत्र नं. १ को (ख) मा जम्मा ४८ हजार ३ सय ९८ जना मतदाता छन् भने म १९ हजार ८ सय मत ल्याएर म चुनाव जित्छु ।
अन्त्यमा तपाइले पार्टी परित्याग गर्नुको कारण ?
वि.स.२०४६ सालदेखि राप्रपा,राप्रपा नेपाल हुदै पार्टीलाइ शुन्य अवस्थाबाट यहासम्म ल्याइपुर्याउदाका ति कहालीलाग्दा क्षणहरु सम्झन्छु राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र म संग-सगै कति कुटाइ खाइन्थ्यो पटक -पटक आक्रमणमा परिन्थ्यो कति ठाउँमा कालोमोसो लगाइ मागिन्थ्यो यस्ता अनेकौ कस्ट,यातना र संघर्ष गरेर पार्टीलाई यस उच्चाइ सम्म ल्याएको देशै भरिका नेता तथा कार्यकर्तालाई जगजायर छ । ३३ वर्षदेखि राप्रपा पार्टीमा लागेर अविरल काम गर्दै आफ्नो जीवन निर्वाह गर्दै आएको र कुनै व्यापार व्यवसाय गरिन भको सम्पत्ति पनि यहि पार्टीमा लागेर सकियो, ४/५ वर्ष अगाडि माओवादीबाट आएकी सविना बजगाँइ बहिनीलाई पटक -पटक अवसर दिइयो अहिले पनि राजेन्द्र लिङ्देनले मलाई पार्टीको टिकट नदिएर बजगाँइ बहिनीलाई दिनुभयो यो कार्यले मलाई धेरै दुःख लागो र लाग्नुपनि स्वभाविक हो । ३३ वर्षदेखि सगै यत्रा गरेको मेरा परम मित्रले मेरो मुल्याङ्कन गर्न सक्नुभएन अत्यन्तै दुःख र पीडा महशुस गरे जुन पार्टीमा बसेर पार्टीको हकहितको लागि काम गरे त्यही पार्टीले मेरो योगदान नदेखेकोले यो पार्टी छोड्न बाध्य भए ।

 

धन्यबाद
धन्यबाद, नमस्कार


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?