Logo

भ्यू टावरको उचाइसँगै उठेको स्थानीयको जीवन

देश प्रदेश समाचार ३१ आश्विन २०७९, सोमबार २०:५५ मा प्रकाशित

टीकाराम उप्रेती
झापा पर्यटकीय तथा व्यवसायिक प्रयोजनकालागि नेपालमा नै पहिलो सबैभन्दा अग्लो २५ तलाको दमक भ्यूटावरकाे १८ तला  निर्माण कार्य सम्पन्न भएको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्र्तगत दमक नपा ३ स्थित दापगाछीमा अन्तराष्ट्रिय स्तरको करिव १०० मिटर भन्दा अग्लो २५ तल्लाको भ्यूटावर निर्माणको कामअन्तिम चरणमा पुगेको हो । पूर्वपश्चिम राजमार्गको कृष्ण मन्दिर सडक खण्डबाट करिव २ किलोमिटर भ्यूटावर निर्माण गरिएकोे छ । कुल ५ बिगाहा क्षेत्रफलमा बनेको दमक भ्यूटावर अन्तरािष्ट्रय स्तरको हुने जनाइएको छ । टावरको १८ तल्लाम्म पक्की संरचना बन्ने छ भने बाकि ७ तल्ला स्टिल प्रयाेग गरेर निर्माण गरिने छ ।

भ्यूटावर निर्माणको तथा रेखदेखको जिम्मा पाएको सघन सहरी तथा भवन निर्माण आयोजनाका इञ्जिनियर भुपेन्द्र यादवका अनुसार भ्यू टावर निर्माणको काम सँगै आन्तरिक एसी, बक्ती, केवुल, सिललिङ, वेयरिङको काम समेत एकै साथ भइरहेको छ । ईन्जिनियर यादवका अनुसार भ्यू टावरको डिपिआर अनुसार मुख्य भवनमा अण्डर ग्राउण्ड पार्किङ सहित बिभिन्न आधुनिक सभ्यता सुहाउदो आर्कर्षक साजसज्जाका सहितको व्यवसाय सञ्चालन गरिने छ । यहाँ आउने सर्वसाधारणका लागि २ सय ४० वटा सवारी क्षमता सहितको पार्किङ स्थलरहेको छ जसमध्ये ४० वटा चार पाग्रे र बाँकी २ सय मामोटरसाईल पार्किङ गर्न सकिने छ ।
टावरमा  पहिलो तलादेखि चौथो तलासम्म बिभिन्न खुद्राबिक्रीका भब्य पसल रहने छन् । त्यस्तै पाँचौ तलामा आधुनिक अन्तराष्ट्रिय स्तरको सेमिनर हल रहने छ । छैटौँ देखि आठौँ तलासम्म वैँक बिक्तीय सस्थाका कार्यालय तथा ठुला थोक ब्यवसायको प्रयोजन रहने छ । यसरी नै टावरको ९ तला देखि ११ औँ तलासम्म आर्ट ग्यालरी एक्जिभिसनहल लगायतको प्रयोजना रहने छ । १२ औँ देखि १५ औँ तलासम्म होटल, रेष्टुरेन्ट, एण्ड वार सञ्चालन गरिने छ । १६औँ र १७ ओैैं तलालाई भ्यू टेकबाट दृश्य अवलोकन गर्ने रुपमा बिकास गरिने जनाइएको छ ।

यस वाहेक बिभिन्न प्रकारका सपिङ कम्पलेक्स, रेष्टुरेण्ड, भिआईपी कार्यालय लगायतहुने छन् । दमकभ्यू टावर मात्र १० कट्ठा क्षेत्रफल भरीमा बनेकोे छ भने बाँकी क्षेत्रमाअन्य संरचनानिर्माण गरिदैछ ।
यावदका अनुसार भ्यू टावर बाहेक यहाँ बालउद्यान सर्वसाधारणका लागि घुम्न आकर्षक बगैँचा सहितको पार्क निर्माण गरिदैछ ।यहाँ मानिसले सबै तनाव बिर्सिएर केही सयम आनन्द लिनसक्ने परिकल्पना गरिएको छ । यो कम्पाउण्ड भित्र एउटा पानीको फोहोरा सहितको पानीपोखरी निर्माण गरिने छ । पोखरीको किनारमा वरीपरि आगन्तुकका लागि बस्ने बिश्राम स्थल समेत निर्माण हुनेछन् ।
भ्यूटावर निर्माणमा ठुलो भोल्टेजको बिद्युतआवश्यक पर्ने भएकाले ११ केभी क्षमता भएको ट्रान्सफर्मर जडान हुने   बिद्युतप्राधिकरण दमक सव स्टेसनले जनाएको छ । तत्कालका लागि खानेपानी बोरिङ गरेर नै प्रयोग गरिएको निर्माण यूनिटले जनाएको छ । खानेपानीको पाईप पुर्याउन आवश्य कतयारी हुँदै गरेको व्यवस्थापकीय पक्षले जनाएको छ ।
नेपाल सरकारको तर्फबाट पहिलो अग्लो टावर निर्माण भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । भूटावरको १८ औँ तलानिर्माण भइसक्दा सञ्चालनमा आउनु अघि नै यस क्षेत्रमा बिभिन्न स्थान बाट आउने पर्यटकको घुइचो लाग्न थालेको छ । दमक भ्युटावर नजिकै घर भएकी सकुन्तला दवाडीलाई अब आफ्नो ठाउँ पनि परिवर्तन हुने भयो भन्नेमा आशावादी हुनुहुन्छ । श्रीमान बिदेशमा कामाउन जानुभएको ३० औँ बर्षभयो वेपत्ताहुनुभएको छ ।
घरभएको स्थानमा डेढकठ्ठा मात्र जमिन छ ऽ के गरेर खाने भन्ने सधै चिन्ता लाग्थ्यो तर अब घर अगाडी २५ तल्लाको टावर निर्माण भएपछि सानो तिनो होटल वा पसल नै गरेर गनिखान सकिने उहाँले बताउनुभयो । उहाँ जस्तै यो क्षेत्रका बासिन्दालाई यो बिकासले गाउँको मुहार फेरिने भएपछि उत्साहित बनाएको छ । पहिला खेतीपाति गरेर जिविका निर्वाह गर्दै आएका थियौँ तर अहिले घरमा पसल चल्न थालेको स्थानीयको भनाई छ ।
भ्यूटावर निर्माणका लागि काठमाडौको जेटसीजी आइजीसी आशिषओम साईराम जेभीले १ अर्व ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैँयामा निर्माणको सम्झौता  भएको थियो ।
पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीको नेतृत्वमा भएको सरकारले निर्माण गरेको दमक भ्यूटावरको उचाइसँगै यो क्षेत्रको बिकास परिचयको उचाइ समेत बढाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?