Logo

घुससहित रंगेहात पक्राउ परेका व्यक्तिको फैसलामा अख्तियारकाे असहमति

देश प्रदेश समाचार ३१ आश्विन २०७९, सोमबार २०:१४ मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रंगेहात पक्राउ परेका व्यक्तिविरुद्धको मुद्दामा केही महिनायता विशेष अदालतले गरेको फैसलामा असहमति जनाएको छ ।

अख्तियारले विशेष अदालतले गरेका यस्ता केही फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।

करिव डेढ वर्षअघि सर्वोच्च अदालतले घुससहित रंगेहात पक्राउ परेको घटनामा अख्तियारले आफैंले रकम उपलब्ध गराएको (स्टिङ अपरेसन) पाइए त्यसलाई प्रमाण मान्न नहुने फैसला गरेको थियो । त्यो फैसलापछि विशेष अदालतले अधिकांश रंगेहात घुससम्बन्धी मुद्दामा आरोपितहरुलाई सफाइ दिएको छ ।

‘यहाँ अख्तियारकै कमजोर अनुसन्धान र त्रुटीले भ्रष्टाचार मुद्दा कमजोर भयो र विशेष अदालतले उनीहरुलाई सफाई दिएको हो भन्ने भाष्यमात्रै स्थापित भयो’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामकुमार भण्डारीले  भने, ‘केही मुद्दामा पर्याप्त तथ्य र प्रमाण भएपनि त्यो हेरिएन । हचुवाको भरमा फैसला भयो भन्ने आधारमा हामीले पुनरावेदन दिएका हौं ।’

सार्वजनिक खरिद र संरचना निर्माणसम्बन्धी केही मुद्दामा विशेष अदालतले सबै आरोपितहरुलाई सफाइ दिएको भएपनि तिनको पूर्णपाठ तयार नभएकाले पुनरावेदन सम्बन्धी निर्णय नभएको अख्तियारका प्रवक्ता भण्डारीले बताए । उनले भने, ‘विशेष अदालतबाट पूर्णपाठ आउनासाथ ती मुद्दामा समेत पुनरावेदनको निर्णय हुनेछ ।’


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?