भद्रपुर । झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को १६औं वार्षिक साधारण सभाका लागि प्रतिनिधि छनौट सम्पन्न गरेको छ । झापालाइ कार्यक्षेत्र वनाएर स्थापना भएको संस्थाले ७ वटा एकाइमा विभाजन गरेर सम्पूर्ण एकाइको सभा सम्पन्न गरेको हो ।
सहकारीको नियम अनुसार सदस्य सङ्ख्या २००० भन्दा बढि भएमा एकाइ वर्गिकरण गरि साधारण सभा मार्फत मुल साधारण सभाका लागि प्रतिनिधि छनौंट गर्नुपर्ने भएकोले संंस्थाले ७ वटा एकाइमा वर्गिकरण गरेर एकाइ सभा सुरु गरेको थियो । वर्गिकरण अनुसार भद्र्रपुर एनसीडीसीमा २५ गते आयोजना गरेको एकाइ ६ को सभाले २ जना माइन्यूट प्रमाणिकरणसहित २६ जना प्रतिनिधि छनौट गरेको थियो । सो एकाइमा २ सय ३५ जना सदस्य रहेका छन् । त्यसैगरी २६ गते बीरेन्द्र नमुुना क्याम्पसमा सम्पन्न एकाइ २ र ३ को साधारण सभाले एकाइ भित्र आवद्ध ५५० जना सदस्य मध्येबाट बन्दसत्रले माइन्यूट प्रमाणिकरणसहित ५७ जना प्रतिनिधि छनौंट गरेको थियो । त्यस्तै २७ गते मुना सामुदायिक भवनमा सम्पन्न भएको सभाले २ सय ४९ जना सदस्यबाट माइन्यूट प्रमाणिकरणसहित २७ जना प्रतिनिधि छनौट गरेको थियो । संस्थाले २८ गते पशुपति आधारभूत विद्यालय घोडामारामा आयोजना गरेको ५ नम्बर एकाइ सभाले ४७ जना छनौट गरेको छ । सोे एकाइ भित्र ४ सय ४४ जना आवद्ध छन् । त्यसैगरी २९ गते (आज) गणेश पाञ्चायन मन्दिर देउनीयामा आयोजना गरिएको ७ नम्बर एकाइ सभाले माइन्यूट प्रमाणिकरणसहित २१ जना प्रतिनिधि छनौट गरेको छ । सो एकाइमा १ सय ८७ जना सदस्य आबद्ध छन् । त्यसैगरी आज नै भृकुटी आधारभूत विद्यालय अञ्जनीमोडमा भएको १ नम्बर एकाइ सभाले २० जना प्रतिनिधि छनौट गरेको छ । जसमध्ये २ जना माइन्यूट प्रमाणिकरमा रहेका छन् । सो एकाइमा १ सय ७७ जना आबद्ध छन् ।
संस्थाले आयोजना गरेको एकाइ साधारण सभा सम्पन्न भएको व्यवस्थापक आनन्द खतिवडाले बताए । प्रत्येक एकाइको साधारण सभा पूरा भएकोले यही कार्तिक १९ गते मूल साधारण सभाका लागि ७ वटा एकाइबाट १ सय ९८ जना सदस्यले भाग लिने उनले जनाए । यो सङ्ख्या संस्थाका सञ्चालक समिति,विभिन्न उपसमिति र कर्मचारी वाहेकको भएको उनले जानकारी दिए ।
सदस्य सङ्ख्या बढी देखिएपछि सहकारीको नियम अनुसार एकाइ विभाजन गरेर सभाबाट प्रतिनिधि छनौट गरिएको संस्थाका अध्यक्ष हरिप्रसाद गौतमले बताए । एकमुष्ठ साधारण सभा गर्दा व्यवस्थापनसँगैै सदस्यहरुको गुनासा तथा सुझाव लिन समस्या भएकोले यो सभा गर्नु परेको उनको भनाइ छ । एकाइबाट छनौैट भएका सदस्यको उपस्थितिमा मूल साधारण सभा गरिने उनले बताए ।
झापा सामुदायिक सहकारीले गुणस्तर चिन्ह् प्राप्त गर्नका लागि अन्तिम चरणमा पुगिसकेको समेत उनले जानकारी दिए । प्रत्येक एकाइको साधारण सभामा एकाइ अध्यक्षको साङगठानिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत् गरिएको उनले जनाए ।
असार मसान्तसम्म सदस्य सङ्ख्या १ हजार १ सय ९८ महिला सहित २ हजार २ सय ७२ जना रहेका छन् भने पछिल्लो विवरण अनुसार २३ सय भन्दा माथि पुगिसकेको संस्थाको तथ्याङ्कमा उल्लेख छ ।

एकाइ नम्बर -१ भृकुटी


एकाइ नम्बर-२ र ३ बीरेन्द्र क्याम्पस

एकाइ नम्बर-४ मुना सामुदायिक भवन

एकाइ नम्बर-५ पशुपति

एकाइ नम्बर-६ एनसीडिसी

एकाइ नम्बर-७ गणेश मन्दिर




