Logo

कांग्रेसले अनुमोदन गर्‍यो चुनावी घोषणापत्रको मस्यौदा

देश प्रदेश समाचार २८ आश्विन २०७९, शुक्रबार १९:०३ मा प्रकाशित

काठमाडौं नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको घोषणापत्र मस्यौदा अनुमोदन गरेको छ ।

महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदा प्रस्तुत गरेका थिए । घोषणापत्रमा रहेका अन्तरवस्तुका विषयमा डा स्वर्णिम वाग्लेले नेताहरुलाई जानकारी गराएका थिए । वाग्ले घोषणापत्र प्रारम्भिक मस्यौदा उपसमितिका संयोजक समेत हुन् ।

बैठकमा नेताहरु समावेश गर्नुपर्ने थप विषयका बारेमा धारणा राखेका थिए । प्रस्तुत सुझावहरुलाई समेटेर घोषणापत्र सार्वजनिक गरिने घोषणापत्र तयारी समितिका संयोजक महामन्त्री शर्माले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा घोषणापत्र माथि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., प्रवक्ता डा. प्रकाशशरण महत, उमा रेग्मी र जीपछिरिङ लामाले धारणा राखेका थिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?