Logo

पार्टीको हित विपरित काम गर्ने उम्मेदवारलाई ५ वर्ष निस्कासन

देश प्रदेश समाचार २६ आश्विन २०७९, बुधबार १९:१६ मा प्रकाशित

काठमाडौं नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई ५ वर्ष पार्टीबाट निस्कासन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बन्ने नेता तिनका प्रस्तावक र समर्थकलाई ५ वर्य निस्कासन गरेको जानकारी दिएका छन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् ।

तर चितवन-३, चितवन-१ लगायत केही क्षेत्रमा कांग्रेसका नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीहरुले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समयभित्र उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसले निस्कासन गरेको हो ।

झापामा पनि नेपाली कांग्रेसको नीति विपरित गतिविधि गर्ने पार्टीका क्षेत्रीय प्रतिनिधि विर्तामोड निवासी कुमार भट्टराईसहित पाँच जनालाई नेपाली कांग्रेसले कारबाही गरेको छ ।

नेपाली कांग्रेस विर्तामोड नगर समिति र क्षेत्र नं–२ प्रदेश क समितिले पार्टी नीति विपरित गठबन्धनका साझा उम्मेद्वार विरुद्ध उम्मेद्वारी दिने भट्टराई र उनका समर्थक रामप्रसाद मैनालीलाई कारबाही गर्न जिल्ला कार्य समितिलाई सिफारिस गरेको हो ।

त्यसैगरी प्रदेश क मै प्रदेशसभा सदस्यमा उम्मेद्वारी दिने क्रियाशिल सदस्यहरु राजु प्रसाई र उनका समर्थक पर्शुराम भट्टराई एवं कमल सिटौलालाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गर्न नगर र प्रदेश समितिको संयुक्त बैठकले जिल्लामा सिफारिस गर्ने निर्णय गरेको हो ।

हेर्नुहाेस विज्ञप्ती

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?