Logo

प्रहरीको हाकिम हुँ भन्दै रकम असुल्ने एक पक्राउ

देश प्रदेश समाचार २६ आश्विन २०७९, बुधबार १६:५६ मा प्रकाशित

पथरीशनिश्चरे प्रहरीको हाकिम हुँ भन्दै ब्यापारीसँग रकम माग्ने एक जनालाई मोरङ्ग प्रहरीले पक्राउ गरेको छ।

मोरङ्गको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटमा विराटनगर– २ बस्ने २९ वर्षीय रवीन घिमिरे पक्राउ परेका हुन्।

ब्यापारीहरूलाई पक्राउ परेका घिमिरेले प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा प्रहरी टोलीले घिमिरेलाई नियन्त्रणमा लिएको थियो।

घिमिरेलाई ईलाका प्रहरी कार्यालय रानी मार्फत जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र ब्यवहारमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान शुर गरेको जनाइएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?