झापा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा झापाबाट २५ वटा राजनीतिक दलले निर्वाचनमा उम्मेदवारी दिएका छन् भने स्वतन्त्रबाट उम्मेदवारी दिने ५६ जना रहेकोे जिल्ला निर्वाचन कार्यालय झपाले जनाएकाे छ ।
प्रतिनिधिसभा सदस्य तर्फ १ नं.क्षेत्रबाट १३ दल, २ बाट १४ दल, ३ बाट १५ दल, ४ बाट १३ दल र ५ बाट १३ दलले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभा सदस्य तर्फ १ नं. क्षेत्र (क) बाट ६ (ख) बाट ९, २ मा (क) बाट ९ (ख) बाट ८, ३ मा (क) बाट ६ (ख) बाट ९, ४ मा (क) बाट ७ (ख) बाट ९ र ५ मा (क) बाट ८ (ख) बाट ९ वटा राजनीतिक दलले उम्मेदवारी दिएका छन् ।
झापामा ५ जना प्रतिनिधिसभा सदस्यका लागि ९ महिलासहित १०१ जनाले उम्मेदवारी दिएका छन् जसमा ५ जना महिलासहित ३३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने ३ नं.क्षेत्रमा महिला सदस्य शुन्य छ ।
प्रदेशसभभा सदस्यमा १० जना सदस्यका लागि ११ महिलासहित १०६ जनाले उम्मेदवारी दिएका छन् ,जसमा ३ महिला सहित २५ जनाले स्वतन्त्र उमेदवारी दिएका छन् ।
प्रतिनिधि सभा १ प्रतिनिधि सभा २ प्रतिनिधि सभा ३ को १ प्रतिनिधि सभा ३ को २ प्रतिनिधि सभा ३ प्रतिनिधि सभा ४ को १ प्रतिनिधि सभा ४ को २ प्रतिनिधि सभा ४ प्रतिनिधि सभा ५ को १ प्रतिनिधि सभा ५ को २ प्रतिनिधि सभा ५ प्रदेश सभा १ को २ प्रदेस सभा १ को १ प्रदेस सभा २ को १ प्रदेस सभा २ को २





