Logo

अमलेखगञ्जमा भएको बस दुर्घटना, १६ जनाको मृत्यु

देश प्रदेश समाचार २० आश्विन २०७९, बिहीबार १५:४५ मा प्रकाशित

मकवानपुर  बाराको अमलेखगञ्जमा बस दुर्घटना हुँदा २५ जना घाइते भएकोमा १६ जनाको मृत्यु भएको छ ।
आज बिहान बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको हो । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ । चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए ।

मृतक सबैको सनाखत हुन बाँकी छ ।

इन्सपेक्टर श्रेष्ठका अनुसार दुर्घटनामा २० बढी जना घाइते भएका छन् । घाइते दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि पढ्नुहोुस्

नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६-००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो ।

 

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?