Logo

ओेलीको टक्करमा स्वतन्त्र उमेदवार

देश प्रदेश समाचार २२ भाद्र २०७९, बुधबार ०८:०१ मा प्रकाशित

झापा मङ्सिर ४ गते हुने प्रतिनिधीसभाको चुनावमा क्षेत्र नं. ५ झापामा स्वतन्त्र उमेदवार उठेका छन् ।
एमाले अध्यक्ष केपी ओलीका कटु आलोचक दरिएका युग पाठकले ओलीसँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
लेखक, विश्लेषक र अभियन्ताको परिचय बोकेका पाठक २०७४ मा झापा–५ बाट ५७ हजार मतसहित चुनाव जितेका ओलीसँग टक्कर गर्न कस्सिएका हुन् । पाठकले आफ्नो बाल्यकाल झापामै बिताएका हुन् । झापाको भद्रपुर हाइस्कुलबाट स्कुले शिक्षा सिध्याएका पाठक आफूले झापाको सामाजिक बनोट र संरचना बुझेको दाबी गर्छन् ।
भन्छन्, ‘मैले मेरो बाल्यकाल झापामा बिताएको हुँ । मलाई त्यहाँको सामाजिक संरचना, बनोटका बारेमा राम्रो जानकारी छ ।’

सामाजिक बनोटको जानकारीले मात्र चुनाव जित्न सकिंदैन भन्ने तथ्यसँग अपरिचित छैनन् पाठक । गएका पाँच वर्षमा नेपाली राजनीतिको केन्द्रमा रहेका ओलीलाई पराजित गरेर इतिहास रच्न सजिलो हुनेछैन भन्ने सत्यसँग पनि पाठकलाई रामेसँग बुझाइ छ । यी कठिनाइका बाबजुद पनि पाठकले ओलीसँग चुनावी मैदानमा उत्रिने हिम्मत गरेका छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?