Logo

झापाकाे ५नं. क्षेत्रबाट कांग्रेसको उम्मेदवार बन्न चार जनाको नाम सिफारिस

देश प्रदेश समाचार १७ भाद्र २०७९, शुक्रबार ०७:११ मा प्रकाशित

झापा  नेपाली काङ्ग्रेसले झापाको निर्वाचन क्षेत्र ५ बाट आगामी मंसिर ४ गते हुने प्रत्यक्ष निर्वाचनमा उमेदवारकाे लागि ४ जनाकाे नाम सिफारिस गरेकाे छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट कांग्रेसको उम्मेदवार बन्न चार जनाको नाम सिफारिस भएको छ ।

अघिल्लोपटक ओलीसँग पराजित खगेन्द्र पाण्डव अधिकारी, नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष मेदनी सिटौला, २०७४ सालमा कांग्रेसमा प्रवेश गरेका विश्वदीप लिङदेन र महेन्द्रा सुब्बाको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधिसभा क्षेत्रीयसमितिले प्रत्यक्षतर्फ प्रदेश सभामा पनि सिफारिसमा गरेको छ ।

झापा ५ (क) मा राजन भट्टराई ,जिबन राई, अनिलकृष्ण प्रसाईंको नाम सिफारिस गरिएको छ । प्रदेश खबाट ढुण्डिराज भण्डारी , शेरबहादुर भट्टराई र चन्द्रकला भण्डारीको नाम पठाइएको छ ।

झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसहमतिमा पठाइएको छ । झापाको २, ३ र ४ को नाम भने शुक्रबार सिफारिस गरिने छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?