Logo

राप्रपा नेपाल राप्रपासगँ तालमेलमा जान मञ्जुर छ– कमल थापा

देश प्रदेश समाचार ७ भाद्र २०७९, मंगलवार ०८:३१ मा प्रकाशित

विर्तामोड राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा सगँ चुनावी तालमेल गर्न मञ्जुर रहेको वताएका छन् ।
सोमबार साझ विर्तामोडमा पत्रकार सम्मेलन गदै यस्तो अशय देखाएका हुन् ।
विगतमा संगै बसेर काम गरेकाले आबश्यकता भयो भने राप्रपासंग चुनावी तालमेल हुनसक्ने बताए ।‘ राप्रपा जिम्मेवार दल हो कतिपय विचारमा समानता र मतभेद छ’ उनले भने,‘ हिजो संगै बसेर काम गरेकाले आबश्यकता भयो भने चुनावी तालमेल हुन्छ ।’ राप्रपा मिल्दै टुक्रिदै गरेको इतिहास छ । उनले एकीकरणको संभावना रहेपनि त्यो मंसिर ४ को निर्वाचनअघि संभव नभएको बताए ।
अध्यक्ष थापाले राप्रपा नेपाल र राप्रपा बीच प्रतिष्पर्धा आबश्यक नभएको बताउँदै आफूहरुको प्रतिष्पर्धा ठूला दलहरुसँँग भएको धारणा राखे । ‘राप्रपामै बसेर बाँकी राजनीतिक जीवन बिताउने इच्छा थियो , त्यो परिस्थिति हुन दिइएन’ उनले भने,‘ राप्रपाका राजेन्द्र लिङ्देनप्रति हिजो जुन सद्भाव र स्नेह थियो त्यो आज पनि छ ।’ उनले राप्रपाको स्थापनाको इतिहास स्मरण गर्दै राजाले राप्रपा पार्टी नखोलेको स्पष्ट पारे ।

नेकपा एमालेसंग चुनावी तालमेल गर्ने इच्छा राप्रपाले देखाइरहँदा राप्रपा नेपालले पनि एमालेसंग नै चुनावी तालमेल गर्ने भएको छ । केही सीमित क्षेत्रमा एमालेसंग तालमेल गर्ने प्रयास भइरहेको बताउँदै थापाले तालमेलबाहेक अरु सबै क्षेत्रमा सिंगल उम्मेदवारी दिने जानकारी दिए । स्थानीय तहको निर्वाचनमा पनि राप्रपा नेपालले एमालेसंग सांकेतिक रुपमा तालमेल गरेको थियो । आगामी निर्वाचनमा न्यूनतम रुपमा राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने उद्धेश्य रहेको थापाको भनाई थियो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?