Logo

दुईवटा कारण देखाउदै उपेन्द्र यादवले मागे मुख्य मन्त्रीकाे राजिनामा

देश प्रदेश समाचार ६ भाद्र २०७९, सोमबार २०:२४ मा प्रकाशित

काठमाडौं जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले  दुईवटा कारण देखाउदै मधेस प्रदेशमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको राजीनामा मागेका छन् ।

पार्टीको उच्च स्रोतले दिएको जानकारी अनुसार यादवले दुई कारण देखाउँदै राउतलाई तुरुन्त पद छाड्न निर्देशन दिएका हुन् ।अध्यक्षजीले दुईवटा कारण दिनुभएको छ,’ पार्टीका उच्च पदाधिकारीले भने, ‘मूख्यमन्त्री स्वच्छता अभियानमा भएको भ्रष्टाचार, अनि बेटी बचाऊ, बेटी पढाऊ अभियानमा भएको चरम अनियमितता । हेर्नोस् न, अख्तियारले नै छापा हानिसक्यो । मधेसमा हाम्रो सरकारले बेइज्जती कमायो ।’


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?