Logo

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाबाटै चुनाव लड्ने

देश प्रदेश समाचार १ भाद्र २०७९, बुधबार १५:४६ मा प्रकाशित

झापा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा झापाबाटै उम्मेदवार बनेर चुनावमा लड्ने घोषणा गरेका छन् ।
उनले बुधबार सामाजिक सञ्जालमार्फत प्रष्ट पारेका छन् ‘झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’
झापाबाट लगातार दुई पटक आम निर्वाचनमा पराजित भएका उनले चुनाव क्षेत्र परिवर्तन नगरि झापाबाटै उम्मेदवारी घोषण गरेका छन् ।उनले झापाको कुन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भन्ने खुलाएका छैनन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा शर्माले झापा– १ बाट प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला वाम गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए ।
संसदीय व्यवस्थामा एउटा व्यक्ति मेची महाकाली जहाँ पनि गएर लड्नसक्छ । म जहाँ लड्दा पनि हुन्छ । एउटै जिल्ला वा क्षेत्र रोज्नुपर्छ भन्ने त होइन’ महामन्त्री शर्माले भने ‘झापा १ मा म लड्छु भनेपछि स्वभाविक रुपमा अघिल्लो चुनावमा जितेको साथीले मेरो लागि अप्ठ्यारो पार्नुहुन्न । म लड्छु भनेँ भने माओवादीबाट जितेका साथीले हो हो विश्वप्रकाश नै हो भन्नेमा ढुक्क छु ।’


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?