Logo

कास्कीमा भारी वर्षा, चितवन र सुनसरी र झापामा पनि खतराको तह पार

देश प्रदेश समाचार १६ श्रावण २०७९, सोमबार ०८:५३ मा प्रकाशित

काठमाडौं कास्कीको पाेखरामा भारी वर्षा हुनुकाे साथै झापा र सुनसरीमा पनि वर्षाकाे खतरा बढेकाे छ ।

मौसम बदली भई देशभर पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही ठाउँमा वर्षाले खतराको तह पार गरेको छ ।

देशका विभिन्न चार ठाउँमा खतराको तहभन्दा धेरै पानी परेको छ । विभागको मापन अनुसार कास्की, सुनसरी,  चितवन र झापामा भारी वर्षा भएको छ ।पछिल्लो २४ घण्टामा कास्कीको लामपाटनमा सबैभन्दा धेरै ३२२.८ मिलिमिटर वर्षा मापन भएको छ । यहाँ १२ घण्टामै ३१३ मिलिमिटर पानी परेको विभागले जनाएको छ । जबकि २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ । कास्कीका साथै चितवनको शक्तिखोरमा २४ घण्टामा १९५.६ र १२ घण्टामा १८२.६ मिलिमिटर, इटहरीको तरहरामा २४ घण्टामा १७२ मिलिमिटर र झापाको दमकमा १२ घण्टामा १२०.४ मिलिमिटर वर्षा मापन भएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि देशका धेरै ठाउँमा सामान्यदेखि मध्य वर्षा भइरहेको छ ।आज दिउँसो पनि देशभर मौसम बदली भई वर्षा जारी रहने छ भने केही ठाउँमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?