Logo

गत वर्ष विद्युत् प्राधिकरणका ग्राहक ५० हजारभन्दा बढी थपिए, २८ हजार ग्राहकको लाइन काटियो

देश प्रदेश समाचार १० श्रावण २०७९, मंगलवार ०८:०३ मा प्रकाशित

विराटनगर  गत आर्थिक वर्षमा मात्रै १ नं.प्रदेशमा ५० हजारभन्दा बढी ग्राहक थपिएका छन् भने २८हजार ग्राहकको विद्धुत लाईन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण १ नम्बर प्रदेश कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ४१ करोडभन्दा बढी नाफा भएको प्रारम्भिक अनुमान गरेको छ । प्राधिकरणले आफ्ना ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि गरेको छ । प्रदेश कार्यालयले दिएको जानकारी अनुसार प्रदेश १ मा चुहावटको दर पनि केही घटेको छ । अघिल्लो वर्ष १२ प्रतिशतले चुहावट हुँदा गत वर्षको चुहावट दर भने ११.७ प्रतिशतमा आइपुगेको छ ।

प्राधिकरणले आर्थिक वर्ष २०७८/०७९ मा मात्रै समयमै महशुल नबुझाउने २८ हजार ५ सय ग्राहकको लाइन काटेको छ । जसमध्ये २५ हजार १ सय २२ जनाले पुनः लाइन जोड्दा ३९ करोड ८५ लाख महशुल संकलन भएको कार्यलयले जानकारी दिएकाे छ । सबैले लाइन जोड्दा भने ४३ करोड महशुल उठ्नुपर्ने थियो । यद्यपि ९२.८ प्रतिशत ग्राहकबाट महशुल उठ्नु राम्रो संकेत भएको जनाएको छ ।

सबैभन्दा बढी लाइन काटिने जिल्लामा इलाम छ । इलामका ३ हजार ३ सय ८० जना ग्राहकको लाइन काटेको प्राधिकरणको रेकर्डमा छ । त्यसपछि मोरङको बेलबारी वितरण केन्द्र अन्तर्गतका २ हजार ४२८ जना ग्राहकको लाइन काटिएको छ । सबैभन्दा कम लाइन काटिने ग्राहकको संख्या भने ओखलढुंगा, पाँचथर, तेह्रथुम, भोजपुर जिल्ला छ । जसमा २ सयभन्दा कम ग्राहकले समयमै विद्युत् महशुल नतिर्दा उनीहरुको लाइन काटिएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?