Logo

सिटीजन लाइफ इन्स्योरेन्स मार्फत मृतकका परिवालाइ रकम भूत्तानी

देश प्रदेश समाचार ७ श्रावण २०७९, शनिबार ११:३० मा प्रकाशित

भद्रपुर मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका झापाका एक व्यत्तिका परिवारलाइ कर्जा जीवन बिमा वापतको रकम भुत्तानी गरिएको छ । भद्रपुर १० का योगेन्द्रप्रसाद नेपालको वैशाख ३ गते मोटरसाइकल दुर्घटनाका कारण मृत्यु भएको थियो । मृतकका श्रीमती इन्दीरा नेपाललाइ शनिबार सिटीजन लाइफ इन्स्योरेन्स चन्द्रगढी शाखाले २ लाख १० हजार रुपैयाँ भूत्तानी दिएको हो ।
शाखा प्रमुख विपीन राई मार्फत सो रकम उपलब्ध गराएका थिए । मृतक नेपालले झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था भद्रपुरमा आवद्ध भइ इन्स्योेरेन्स मार्फत कर्जा जीवन बिमा गराएका थिए । सहकारीमा आवद्ध भएका कारण शनिबार विहान बसेको सहकारीको विस्तारीत वैठकामा मृतका परिवारलाइ सो रकम भुत्तानी गरिएको शाखा प्रमुख राईले बताए ।
झापाका अधिकाँश सहकारीले बिमासँग सम्झौता गरिसकेको जानकारी गराउँदै बिमा गर्ने विषयमा प्रष्टाएका थिए ।
यता सहकारीको वैठकले सहकारीमा आवद्ध भइ कारोवार गरिरहेका ऋणिहरुमध्ये भाका नाघेका ४५ जना ऋणिहरुबाट रकम असुल गर्न कार्यदल गठन गरेको छ । गठित कार्यदलमा संस्थाका उपाध्यक्ष भरत पोखरेलको संयोजकत्वमा विष्णु दाहाल,शसिम पोखरेल ,उर्मिला गौतम र घनश्याम प्याकुरेल सदस्य रहेका छन् ।
भाका नाघेका ऋणिहरुबाट १८ लाख २१ ह्जार २ सय ७७ रुपैयाँ असूल गर्न देखिएको संस्थाका व्यवस्थापक आनन्द खतिवडाले जानकारी दिए । ऋणिहरुमध्ये १६ जना सदस्यबाट ऋण असूल गर्न अतिनै कठिनाइ देखिएको उनको भनाइ छ ।
सहकारीमा कारोवार गर्दै आइरहेपनि लामो समय यताबाट सम्पर्कमा नआउने ,अटेर गर्ने , संस्थाको टोली घर – दैलो जादा, पटक – पटक मौखिक तथा लिखित जानकारी गराउँदा समेत चासो नदेखाएपछि वैठकले कार्यदल वनाएर सम्बन्धीत वडा कार्यालयसँग समन्वय गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष हरिप्रसाद गौतमले जानकारी दिए । भाका नाघेका ऋणिहरुबाट ऋण असूली गर्न गठित कार्यदलले कागजात सहित सम्बन्धीत वडामा नामावली पेश गरी वडाअध्यक्ष मार्फत घर–दैलो कार्यक्रम चलाउने गरीको अनुरोध गर्ने उनको भनाइ छ । समाजमा ख्याति कमाएर बसेका र आर्थिक अवस्था समेत नाजुक नभएका सदस्यले भाका नाघिसक्ता समेत ऋण तिर्न चासो नदेखाउनु अचम्म लागेको उनले जनाए ।
भद्रपुर १०,८ र ९ नम्बर वडामा भाका नाघेका ऋणिहरु बढी देखिएको संथाको अभिलेखले देखाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?