Logo

ओमसाइमा स्वास्थ्य बीमा कार्यक्रम रोकिएको छैन : निर्देशक पोखरेल

देश प्रदेश समाचार ३ श्रावण २०७९, मंगलवार १४:४६ मा प्रकाशित

भद्रपुर । ओमसाइ पाथिभरा अस्पताल भद्रपुरमा स्वास्थ्य बीमा कार्यक्रम नरोकिएको बताइएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले स्वास्थ्य बीमा कार्यक्रम नरोकिएको बताएका हुन् ।

‘स्वास्थ्य बीमा वोर्डले ओमसाइ पाथिभरा अस्पतालसँग ५ वर्षको स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने सम्झौता गरेको छ’, प्रबन्ध निर्देशक पोखरेलले भने–‘२ वर्ष मात्र पुगेको छ । सम्झौता भंग गर्ने भन्ने अहिलेसम्म कुनै आधिकारिक पत्र अस्पतालमा आईपुगेको छैन ।’

सरकारले भर्खरैको बजेट भाषणमा निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालित बीमाको उपचार सेवा रोक्ने भनेको थियो । स्वास्थ्य बीमा कार्यक्रम सरकारी र सामुदायिकबाट मात्र गरिने सरकारको योजना छ ।

कतिपय निजी अस्पताल तथा मेडिकल कलेजमा सो सेवा बन्द गरिसकेका छन् । तर ओमसाइ पाथिभरा अस्पतालमा सो सेवा जारी रहेको छ ।

भद्रपुरको दक्षिणी भेगका सेवाग्राही प्रत्येक ३ महिनामा १२ हजार स्वास्थ्य बीमाको उपचार सेवाका लागि अस्पताल आउने गरेको पोखरेलको भनाई छ । अस्पतालमा स्वास्थ्य बीमा लागु गरेको सुरुको ३ महिनामा ५५ हजारले सेवा लिएको उनले बताए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?