Logo

एकैदिन ४५७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

देश प्रदेश समाचार ३ श्रावण २०७९, मंगलवार १२:१४ मा प्रकाशित

काठमाडौं पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेकोमा ४५७ जनामा संक्रमण पुष्टि भएको हो । यो पछिल्लो ५ महिनायताकै उच्च संक्रमण हो । जसमध्‍ये २ हजार ३४१ जनाको पीसीआर परीक्षण गर्दा ३८६ जना र २ हजार ३१० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये १ हजार ७०१ जना होम आइसोलेसनमा रहेका छन् भने ७५ जना संस्थागत आइसोलेसन र ११ जना आईसीयूमा छन् । यस्तै १५ जनाको आईसीयू र
एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सोमबार थप एक जनाको मृत्युसँगै कोरोनाबाट ज्यान गुमाउने ११ हजार ९५४ जना पुगेका छन्  भने  नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार ७९३ पुगेको छ ।

लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?