Logo

भद्रपुरमा तीन पाटी एक भए

देश प्रदेश समाचार १२ बैशाख २०७९, सोमबार १०:२७ मा प्रकाशित

भद्रपुर भद्रपुर नगरपालिकामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी) बीच चुनावी तालमेल भएको छ ।
काँग्रेसले नगर मेयरसहित ६ वडा अध्यक्ष, माओवादी केन्द्रले उपमेयरसहित ३ वडा अध्यक्ष र एकीकृत समाजवादी एक वडाअध्यक्ष लिने सहमतिपछि चुनावी तालमेल भएको हो ।
जनता समाजवादी पार्टीले वडा नम्बर ६ दाबी गरेको र काँग्रेसले नछाड्ने अडान लिएकोले जसपासँग तालमेलमा समस्या देखिएको हो । त्यही पनि जसपासँग छलफल जारी रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । चुनावी तालमेलमा वडा पनि भागबन्डा गरिएको छ । १ नम्बरमा माओवादीले वडा अध्यक्षसहित दुई सदस्य, काँग्रेसले दुई लिने भएका छन् । २ नम्बरमा काँग्रेसले वडा अध्यक्षसहित एक सदस्य, माओवादीले दुई सदस्य र समाजवादीले एक सदस्य लिने भएका छन् ।  ३ नम्बरमा काँग्रेसले वडा अध्यक्षसहित दुई सदस्य, माओवादीले एक सदस्य र समाजवादीले एक सदस्य लिने भएका छन् । ४ नम्बरमा माओवादीले वडा अध्यक्षसहित दुई सदस्य र काँग्रेसले दुई सदस्य लिने भएका छन् ।

५ नम्बरमा काँग्रेसले वडा अध्यक्षसहित तीन सदस्य, र माओवादीले एक सदस्य लिने भएका छन् । ६ नम्बरमा काँग्रेसले वडा अध्यक्षसहित दुई सदस्य र  माओवादीले दुई सदस्य लिने भएका छन् । त्यस्तै ७ नम्बरमा माओवादीले वडा अध्यक्षसहित एक सदस्य, काँग्रेसले दुई सदस्य र समाजवादीले एक सदस्य लिने भएका छन् । ८ नम्बरमा काँग्रेसले वडा अध्यक्षसहित दुई सदस्य, माओवादीले एक सदस्य र समाजवादीले एक सदस्य लिने भएका छन् । ९ नम्बरमा समाजवादीले वडा अध्यक्षसहित एक सदस्य, काँग्रेसले दुई सदस्य र माओवादीले एक सदस्य लिने भएका छन् । १० नम्बरमा काँग्रेसले वडा अध्यक्षसहित दुई सदस्य, माओवादीले एक सदस्य र समाजवादीले एक सदस्य लिने भएका छन् ।
तीन दलीय गठबन्धनबीच भएको सहमतिमा काँग्रेसका तर्फबाट राम कँडेल, राजेन्द्र घिमिरे र मोहन महर्जन, माओवादीका तर्फबाट डिल्ली घिमिरे ९हिक्मत०, पुकार राजवंशी, नरेश सन्जेल र समाजवादीका तर्फबाट दुर्गाप्रसाद भट्टराई र पदम सुब्बा सहभागी भएका थिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?