Logo

राेकिएन झापामा तस्करी, चालकसहित लाखाैँ मूल्य बराबरकाे कपडा सशस्त्र प्रहरीकाे फन्दामा

देश प्रदेश समाचार १७ चैत्र २०७८, बिहीबार १४:५० मा प्रकाशित

 झापा प्रदेश नं.१काे झापा जिल्लामा दिन प्रतिदिन भारतबाट भन्सार छलेर सामान भित्रिने अझैपनि राेकिएकाे छैन ।
बिहीवार भापाकाे पाडाजुङ्गीमा सशस्त्र प्रहरीले ठुलाे परिणाममा भन्सार छलि गरेर लादै गरेकाे मे १च ५९८७ नम्बरको पिकअप भेन सहित कपडा बरामद गरेपछि तस्करी हुदै गरेकाे प्रमाणित भएकाे हाे ।
बुधबार राति लाईन मिलाएर नकलबन्दा नाकाबाट प्रदिप नाम गरेका काराेवारीले अबैध सामन नेपाल भित्राएकाे समचार स्राेतले वताएकाे छ ।
स्राेतका अनुसार कला, राेजा र सिता नाम गरेका काराेवारीहरुकाे समान रहेकाे वताइएकाे छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीवलकाे वाक्लाे उपस्थित हुदाहुदै पनि दिनप्रतिदिन भन्सार छलि अवैध सामान भित्रिनु  सीमानाकामा खटिएका  प्रहरीको मितेमताेमा अवैध काराेबार भईरहेकाे स्राेतले दावी गरेकाे छ ।
झापामा नकलबन्दा नाका मात्रै नभएर तिरिङ्ग, फाेहाेरमैला, सतिघट्टा,भद्रपुर क्षेत्र, केचना, घेराबरी, झापा बजार र सिङ्गीमारी नाकाबाट दिनकाे २०० पाेकाकाे दरले अवैध सामान भित्रीरहेकाे समचार स्राेतले वताएकाे छ ।
पटक पटक देश- प्रदेश खबरमा समचार प्रकाशित भएपनि अहिलेसम्म अवैध सामान तस्करी नराेकिएकाे बिहिवार  सामान वरामद गरेकाे घटनाले पुष्टि गरेकाे छ । प्रहरीले चालक वितार्माेड २ वस्ने किरण राजवंशीलाइ समेत नियन्त्रणमा लिएर गाडी र सामान सहित १० लाख ७ हजार ४ सय मूल्य कायम गरी मेची भन्सार कार्यालय काँकडभिट्टामा वुझाएकाे सशस्त्र प्रहरी बल पाडाजङ्गीका इन्सपेक्टर  साइमन श्रेष्ठले जानकारी दिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?