Logo

मेचीनगरमा हत्या आशंकामा एकजना पक्राउ

देश प्रदेश समाचार २६ फाल्गुन २०७८, बिहीबार १६:२१ मा प्रकाशित

मेचीनगर  मेचीनगर ५ पिपल डाँडा चौक बस्ने ६८वर्षिया अम्बिका कुँवरको हत्याको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर ५ बस्ने २७ वर्षिय रणबहादुर बस्नेत रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । बुधवार दिउँसो ४ बजे कुँवर घरबाट घाँस काट्न जान्छु भनी हिँडेकोमा साँझसम्म पनि घर फर्की नआएपछि खोजतलास गर्दै जाँदा साँझ ७.४५ बजे उनका श्रीमान जगत कुँवरले घरदेखि २०० मिटर पश्चिम दक्षिणमा लिलाराज देबकोटाको बाझो खेतमा मृत अवस्थामा देखेर सीमा प्रहरी चौकी नकलबन्दामा जानकारी गराएकाे जिल्लाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

चौकीबाट प्रहरी नायव निरीक्षकको टोली खटि गई घटनास्थल सुरक्षित राखेको थियो । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बिश्वमणी पोखरेल र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायव उपरीक्षक सुनिल दाहालसहितको टोली खटिगएको साथै संघीय प्रहरी ईकाई धरान डग शाखाबाट प्रहरी नायव निरीक्षक कमाण्डमा ५ जनाको टोली र २ वटा कुकुरसहित परिचालन गरिएकोमा घटनाको अनुसन्धानको क्रममा बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको  डिएसपी पाठकले बताए । उनले मृतकको लाशको कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि स्वास्थ्य बिधि बिज्ञान प्रगोगशाला धरान पठाईएको जानकारी दिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?