Logo

भद्रपुरमा बालिका करणी गरेकाे आराेपमा रमेश पक्राउ

देश प्रदेश समाचार २० फाल्गुन २०७८, शुक्रबार १०:२७ मा प्रकाशित

साङकेतिक तस्वीर

 झापा भद्रपुरमा १५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई बलात्कार गरेकाे आराेपमा भद्रपुर- ४ करेला चाेक बस्ने अन्दाजी १९ वर्षीय रमेश लिम्बू पक्राउ परेकाे प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मङगलबार साँझ लिम्बूले साेही ठाउँकी बालिकालाई घर नजिकैको परालमा लगेर जबर्जस्ती करणी गरेका थिए ।  पीडित बालिकाको आमा नभएकाे र  बुबा अन्यत्र बस्दा बालिका आफन्तकाे घरमा बस्दै आएकी थिइन । यता बालिका बलात्कृत भएकाे आफन्तले थाहा पाएपछि प्रहरी कार्यालय झापामा किटानी जाहेरी दिएका  छन् । प्रहरीमा जाहेरी परेपछि  वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले लिम्बूलाई बिहीबार पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको  प्रहरीले जनाएकाे छ  ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?