Logo

हाेटलकाे कोठामा मृत फेलापरेकी महिलाको पहिचान खुल्याे, श्रीमान् ब्रुनाईमा

देश प्रदेश समाचार १७ फाल्गुन २०७८, मंगलवार २०:०१ मा प्रकाशित

घरानधरानकाे एक हाेटलकाे कोठामा मृत फेलापरेकी महिलाको पहिचान खुलेको छ ।

मंगलबार बिहान न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठा नम्बर १०९ मा मृत अवस्थामा भेटिएकी महिलाको सनाखत भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।  मृतक महिला  इटहरी ५ मा डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङ रहेको कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार मृतक महिलाका आफन्तले उनकाे पहिचान गरेकाे हो ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका १  स्थायी ठेगाना भएकी महिलाका श्रीमान् भारतीय सेनाबाट अवकाश पाएपछि हाल ब्रुनाईमा रहेको खुलेको  इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताएका छन् ।

उनका अनुसार मृतक महिलासँगै उक्त हाेटलमा बस्ने पुरुषको पहिचान गर्ने कार्य पनि भइरहेको छ ।  मृतक महिलाको एक छोरा र छोरी रहेको खुलेको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?