भद्रपुर । भद्रपुर १ दियालो वस्ती स्थित दिपक आधारभूत विद्यालयका विद्यार्थीहरुलाइ जाडोका न्यानो पोसाक र शैक्षिक सामग्री वितरण गरिएको छ । विपन्न, गरिब तथा पिछडिएका समुदायका बालबालिका अध्ययनरत नगर क्षेत्रका सामुदायिक विद्यालयहरूलाई शैक्षिक सामग्री वितरण गर्ने अभियान अन्तरगत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नगर समिति भद्रपुरले सोमबार सामग्री वितरण गरेको हो ।
विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीलाई सुइटर, कपि–कलम, बिस्कुट र चकलेट वितरण गरेको नगर अध्यक्ष राधा कार्कीले बताइन् । अभियान अन्तरगत अन्य विद्यालयलाइ पनि शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको उनले जनाइन् ।
त्यसैगरी आइतबार भद्रपुर–३ बैसाबारीस्थित आदर्श आधारभूत विद्यालयका ९२ जना विद्यार्थीलाई जाडोको न्यानो पोसाक र शैक्षिक सामग्री वितरण गरिएको उनले जानकारी दिइन् । साथै कार्यक्रममा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यवस्थापन समितिका संस्थापक अध्यक्ष मोदीलाल गणेश र गोपी तातीलाई टोपी र दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।





