भद्रपुर । नेपाली सेनाले झापाको मेचीनगर नगरपालिका–१३ चारआली जंगलबाट एउटा भरुवा बन्दुक, खुकुरी र बारुद फेला पारेको छ ।
‘सेनालाई देखेपछि बन्दुकसहितको सामान झाडीमा फालेर ती व्यक्तिहरू भाग्न सफल भयो,’ प्रमुख सेनानी थापाले भने, ‘जंगल क्षेत्रमै सेनाको ब्यारेक रहेको र बेला बेला ब्यारेकभित्रै बन्दुक पड्केको आवाज आउन थालेपछि सेनाले जंगलभित्र गस्ती बढाएको हो ।’ प्रमुख सेनानी थापाका अनुसार जंगलमा शिकार खेल्न हातहतियारसहित सिकारी आउने गरेको र भागेका व्यक्ति पनि सिकारी नै भएको उनले बताए । बरामद गरिएको बन्दुकसहितको सामग्रीहरू वन कर्मचारी र प्रहरीले मुचुल्का उठाएर लगिसकेको उनको भनाई छ ।

लोकप्रिय समाचार




