Logo

इलाममा भेन दुर्घटना हुँदा २ जनाको मृत्यु, ८ घाइते

देश प्रदेश समाचार २९ मंसिर २०७८, बुधबार १५:३७ मा प्रकाशित

इलाम  इलामको सुर्याेदय नगरपालिका ७ सुखेपोखरी स्थित मेची राजमार्गमा मारुति भेन दुर्घटना हुँदा २ जनाको मृत्यु ८ जना घाईते भएका छन् ।मृत्यु हुनेमा माईजोमाई गाँउपालिका–४ का ७६ वर्षीय राम प्रसाद तिमसिना र माईजोमाई –३ का ४० वर्षीय भरत घिमिरे रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । कार्यलयका अनुसार मंगलबार दिँउसो साढे ३ बजे मे १ ज ३३०७ नम्बरको मारुतिभेन आफै अनियन्त्रित भई सडकबाट १०० मिटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका उनिहरूको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका चालकसहित अन्य ८ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?