Logo

झापामा साढे ११ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरका पटका नष्ट

देश प्रदेश समाचार १७ कार्तिक २०७८, बुधबार १७:१० मा प्रकाशित

झापा झापामा अन्दाजी साढे ११ लाख रुपैयाँ भन्दा बढी मूल्य  बराबरका बारुदजन्य(पटका) वरामद गरी नष्ट गरिएको छ । तिहार तथा छठ पर्वलाइ लक्षित गरी नेपालमा प्रतिवन्धित बारुदजन्य(पटका) सशस्त्र र नेपाल प्रहरीले वरामद गरी नष्ट गरेको हो । भारतबाट खरिद गरी झापाका विभिन्न नाकाबाट विभिन्न मितिमा तस्करी गरी नेपाल भित्र्याइएका पटका वुधबार सरोकारवालाको उपस्थितीमा नष्ट गरिएको थियोे ।
खुला सीमा नाकाबाट प्रतिवन्धित विभिन्न नाम गरेका पटका नेपाल भित्र्याउने क्रममा सीमा नाका तथा बजार क्षेत्रमा चेक जाँचका लागि खटिएका प्रहरीले वरामद गरेको सशस्त्र प्रहरी बल नेपाल गण नम्बर २ झापाका प्रवक्ता प्रेम बहादुर भण्डारीले जनाए । अनुमानित ८ लाख २० हजार ५ सय मूल्य बराबरको पटका वरामद गरी नष्ट गरिएको उनले जानकारी दिए ।
त्यसैगरी जिल्ला प्रहरीले अन्दाजी साढे ३ लाख रुपैयाँ मूल्य बराबरको पटका वरामद गरी नष्ट गरिएको जनाएको छ । जनप्रतिनिधि, स्थानीय पत्रकार, उद्योग वाणिज्य सङ् लगायतको रोहवरमा वरामद पटकालाइ पूर्ण रुपमा नष्ट गरिएको जिल्लाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।
विगत वर्षभन्दा यो वर्ष पटका थोरै मात्रामा भित्रिएको उनले जनाए । कोरोना भाइरस र भारतको बङ्गाल सरकारले पटका बिक्री वितरणमा पूर्ण रोक लगाएका कारण पनि यो परिमाण घटेको हुनसक्ने उनको भनाइ छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?