मोरङ । मोरङ प्रहरीले १७ केजी अवैध लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-१४ जतुवा बस्ने २५ वर्षीया आरती देवी यादव रहेकी छन् ।
घरमा लागूऔषध लुकाइ राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई १७ केजी अवैध लागूऔषध गाँजासहित शनिबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लोकप्रिय समाचार




