Logo

भद्रपुर नगरमा ७ पदमा १६ जनाको उम्मेदवारी

देश प्रदेश समाचार ९ आश्विन २०७८, शनिबार १९:३४ मा प्रकाशित

भद्रपुर।नेपाली काँग्रेसकाे नगर सभापति पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् ।
काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत गाउँ तथा नगरमा नेतृत्व चयनका लागि शनिवारदेखि पालिका तहको अधिवेशन सुरु भएसगै उनीहरूले उम्मेदवारी दिएका हुन् । भद्रपुरमा सभापति, उपसभापति, सचिव र सहसचिव गरी मुख्य ७ पदमा १६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
नगर सभापति एक पदका लागि बन्धु कार्की, मदनबहादुर बस्नेत, ज्ञानबहादुर चौहान, भरत प्रसाईँ र रामबहादुर कँडेलले उम्मेदवारी दिएका छन् ।
त्यस्तै नगर उपसभापति दुई पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा भरतचन्द्र गुरुङ, रमेशचन्द्र झा र रेखा अधिकारीले उम्मेदवारी दिएका हुन् । सचिव दुई पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । सचिव पदमा कविन राई, दुर्योधन कार्की, अनिता रिजाल, टेकबहादुर पाण्डे, उत्तम कोइराला र सन्तकुमार राजवंशी (सन्तोष) ले उम्मेदवारी दिएका छन् । त्यसैगरी सहसचिव दुई पदका लागि चार जनाको उम्मेदवारी परेको छ । सहसचिव पदमा मणिकुमार राई, सन्तोष थापा, नन्दलाल राजवंशी र दीपेशकुमार साहाले उम्मेदवारी दिएका छन् ।  नगरमा २३९ मतदाता रहेका छन् ।

लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?