Logo

ओलीको नगरमा एकीकृत समाजवादीको कमिटी घोषणा

देश प्रदेश समाचार ९ आश्विन २०७८, शनिबार १८:५८ मा प्रकाशित

दमक । नेकपा (एकीकृत समाजवादी) को दमक नगर कमिटी घोषणा गरिएको छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दमक नगरका पूर्व प्रमुख इन्द्रबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा दमक नगर कमिटी घोषणा गरिएको हो ।
नगर कमिटीको अध्यक्षमा महेश घिमिरे, उपाध्यक्षमा सुमन कार्की, हमला सिटौला, बिराट जबेगु लिम्बू छन् । त्यस्तै सचिवमा निर्मल लामिछाने, सहसचिवमा रोशन भण्डारी छन् । त्यस्तैं, सदस्यहरुमा चन्द्र थापा, राजु भट्टराई, युवराज दुलाल, तारादेवी धिमाल, गोमादेवी कटुवाल, किरण भट्टराई, उमेश बुढाथोकी, कमला श्रेष्ठ, प्रेम भुजेल, जीवन सेडाई, युवराज घिमिरे, कमला बोहोरा, मनकुमार दर्नाल, जुलन गजमेर, प्रेम नेपाल, मदन गुरुङ, खगेन्द्र नेपाल, उमेश चौलागाई, प्रवल भण्डारी, छत्र बस्नेत, कमल न्यौपाने, हुन रसाइली, मित्र इगनाम र नरेश भण्डारी छन् ।
दमकको देवकोटा चौकस्थित पुष्पलाल मित्रता केन्द्रको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्की, पार्टी जिल्ला कमिटी सदस्य नन्दलाल ताजपुरिया, प्रदेश कमिटी सदस्य राजेन्द्र दाहाल, लोकबन्धु कन्दङ्बा, टीका प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तैं, नवगठित दमक नगर कमिटीको तर्फबाट अध्यक्ष महेश घिमिरेले आफ्नो प्रतिवद्धता राखेका थिए । जिल्ला कमिटी उपाध्यक्ष मणि भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

जिल्ला कमिटी सदस्य तुलसी निरौलाले सञ्चालन गरेको कार्यक्रममा जिल्ला कमिटी सदस्य हरि नेपालले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा पार्टी जिल्ला कमिटी सदस्य तथा प्रचार प्रसार बिभाग प्रमुख समेत रहेका अग्रज पत्रकार तीर्थ सिग्देल, केन्द्र प्रसाई, जिल्ला कमिटी सदस्य भीम दाहाल, बिष्णु न्यौपाने, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला कमिटी सदस्य हरिकृष्ण पौडेल, नारायण राजवंशी, कमल कटुवाल, तीर्थ नेपाल, केशव दाहाललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
त्यस्तैं, एकीकृत समाजवादीले ११ गते गौरादहमा, १२ गते शिबसताक्षीमा नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम गर्ने भएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?