Logo

बिर्तामोडमा प्रतिबन्धित १८ कार्टुन रेडबुल बरामद

देश प्रदेश समाचार ६ आश्विन २०७८, बुधबार १३:१९ मा प्रकाशित

विर्तामाेड । इलाका प्रहरी कार्यालय अनारमनीले प्रतिबन्धित १८ कार्टुन रेडबुल बरामद गरेको छ । मंगलबार साँझ प्रहरीले चेकजाँचका क्रममा प्रतिबन्धित रेडबुल फेला पारेको हो ।

बिर्तामोड–५ स्थित कनकाई रोडबाट प्रहरीले भन्सार छलेर भित्राएको रेडबुल बरामद गरि इलाका प्रहरी कार्यालयमा राखेको छ । बरामद रेडबुल मेची भन्सारलाई बुझाएकाे प्रहरीले जनाएकाे छ  । कनकाई रोडबाट ठेलामा हालेर लैजादैं गर्दा प्रहरीले बरामद गरेको हो ।

२०७६ असारमा प्रकाशित राजपत्र भाग–५ मा क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ विक्री, वितरण बन्देज गरिएको छ । सो रेडबुल प्रतिबन्धित भएको हुनाले बेच्न नमिल्ने प्रहरीको भनाई छ । त्यसैले प्रतिबन्धित रेडबुल भारतबाट तस्करीको माध्यमबाट नेपाल भित्रिन्छ । रेडबुल लिएर हिड्ने फरार भएका छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?